८ रोगलाई दिने रकम श्रावण १ देखि बीमितलाई मात्रै



Download our app to get more features

काठमाडौं, २३ माघ । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिक औषधि उपचार सहायत वितरण बन्द गर्ने भएको छ । 

उक्त कार्यक्रम अब बीमा माफर्त अगाडी बढ्ने भएको छ । सरकारले गम्भिर प्रकारका ८ रोग लागेका बिरामीलाई दिँदै आएको १ लाख रुपैयाँ सहायता अब बीमितलाई मात्रै दिइने भएको छ । यसका लागि सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा लागु गर्नेछ ।

आम नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने उदेश्य अनुसार तत्कालीन स्वास्थ्य सचिव केदार बहादुर अधिकारीले उक्त लोकप्रिय कार्यक्रम ल्याएका हुन । 

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (सञ्चालन) नियमावली, २०७३ खारेज गर्ने भएको छ । अधिकारीले उक्त कार्यक्रम बीमामा आवद्ध गराउँदै सो नियमावली खारेज गर्न लागेका हुन । त्यसका लागि ‘स्वास्थ्य बीमा नियमावली २०७५’ ल्याइएको छ ।

नियमावली मन्त्री परिषदमा पुगेको छ । नियमावली मन्त्रीपरिषदले पास गरेपछि कार्यान्वयनमा आउने छ । २०७६ साल श्रावण १ गते देखि लागू हुनेगरी बीमितलाई आठ रोगको उपचारका लागि थप एक लाख रुपैयाँ सम्म दिने उल्लेख छ । यो सँगै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (सञ्चालन) नियमावली, २०७३ खारेज गरिएको छ । सत्तरी वर्ष उमेर पुगेका प्रत्येक जेष्ठ नागरिकलाई पनि सरकाले एक लाख रुपैया एक इकाई मानी कार्यक्रममा आवद्ध गर्नुपर्नेछ ।

रकमको दुरुपयोग भयो अब एउटै छातामा 
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमका नाममा गरिब विपन्नका लागि उपचार सहायता भन्दै भिन्न भिन्न शिर्षकमा अरवौं रुपैयाँ छुट्याउने गरेका थिए । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममा मात्रै हरेक बर्ष तीन अर्व रुपैयाँ बिनियोजन हुदै आएको थियो । तर, विपन्नले उपचार रकम पाउन सकेको अवस्था थिएन । यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सचिव अधिकारीले स्वास्थ्यमा आए देखि नियमावलीको काम सुरु गरेका थिए । ८ रोगको उपचार सहायताका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्गर्तग विपन्न नागरिक औषधि उपचार कोषमा जम्मा हुने रकम बीमामा गाभिने भएको छ । उक्त रोग लागेका व्यक्तिहरुले अनिवार्य बीमा गरेको हुनुपर्ने छ । बीमा प्रति जनताको विश्वास घटिरहेका बेला आएको यो कार्यक्रमले आम जनतालाई स्वास्थ्य बीमा गर्नै पर्ने अनिर्वाय व्यवस्था गरेको मन्त्रालयका अधिकारीहरु बताउछन् । 

७० वर्ष पुगेकालाई एक लाख
यस नियममा अन्यत्र जुनसुकै कुरा उल्लेख भएको भए तापनि सत्तरी बर्ष उमेर पुगेका प्रत्येक जेष्ठ नागरिकलाई एक इकाई मानी कार्यक्रममा आवद्ध गर्नुपर्नेछ ।

सुविधा सम्बन्धी व्यवस्था  
पाँच जना सम्मको सदस्य रहेको परिवारका लागि प्रति परिवार प्रति वर्ष एक लाख रुपैयाँसम्मको सुविधा लिन पाउने छन् ।  त्यस्तै पाँच जनाभन्दा बढी सदस्य रहेको परिवारको हकमा भने प्रति सदस्य थप बीस हजार रुपैयाँका दरले प्रति वर्ष अधिकतम दुई लाख रुपैयाँसम्म पाउने छन् ।  सत्तरी वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई थप एकलाख रुपैयाँसम्म उपलब्ध गराउने छ । यो प्रावधान २०७६ साल श्रावण १ गते देखि लागू हुने छ । साथै बीमितलाई  गंभिर प्रकारका ८ रोगहरुको उपचारको लागि थप एक लाख रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । सरकारले विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत खर्च हुने गरी गंभिर प्रकारका आठ रोगमा उपचार सहायता गर्दै आएको थियो ।

Last modified on 2019-02-06 12:36:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts