देशभरका सरकारी चिकित्सकलाई गोदानले बोलायो काठमाडौं, आन्दोलनको तयारी  



Download our app to get more features

काठमाडौं, २३ माघ । देशभरका सबै सरकारी चिकित्सकलाई काठमाडौं आउन सरकारी चिकित्सक संघले आह्वान गरेको छ । सरकारी चिकित्सक संघ र स्वास्थ्य मन्त्रालय विच गत पुसमा भएको सहमति विपरित सरकार गएको भन्दै आन्दोलनका लागि काठमाडौं बोलाइएको आह्वान पत्रमा उल्लेख छ । 

संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेद्धारा हस्ताक्षर गरि जारी गरिएको आह्वान पत्रमा चिकित्सकको समायोजन गर्दा प्रत्यक्ष रुपमा चिकित्सक वर्गको बृत्ती विकास, सरुवा, बढुवामा समस्या लगायतको विषयमा सहमति भएअनुसारनै हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ ।

संघले तत्काल एकजुट भएर सरकारलाई दवाव नदिए भयावह स्थिति आइपर्ने भन्दै पाचँ समस्याहरु औल्याएको छ । 

गत पुस  ३० गते सरकार र सरकारी चिकित्सक संघ बिच आँठ बुँदे सहमति भएको थियो । 


 

Last modified on 2019-02-07 11:32:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts