मेडिसिटी अस्पतालले भरतमोहन अधिकारीको उपचारमा लापर्वाही गरेको निकटस्थको आरोप



Download our app to get more features

काठमाडौं, २५ माघ । ललितपुरको भैँसेपाटीमा रहेको आफुलाई अत्याधुनिक दावी गर्ने मेडिसिटी अस्पतालले पूर्वअर्थमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीको उपचार प्रकृयामा गम्भीर लापर्वाही गरेको पाइएको छ । 

महिनादिन देखि मेडिसिटीमा उपचार गराएका अधिकारीको उपचार अस्पतालले बेवास्ता र लापर्वाही गरेको भन्दै नेकपा नेता सूर्य थापाले सार्वजानिक टिप्पणी गरेका छन् । अस्पतालले पूर्व अर्थमन्त्री एवं सार्वजानिक व्यक्तिका हैसियतले मेडिकल बुलेटिन नदिनुका साथै परिवारलाई समेत गुमराहमा राखेको पाइएको हो । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै नेता थापाले मेडिसिटीले नेता अधिकारीको फोक्सोमा जमेको कफ समेत निकाल्न नसकेको भन्दै तीव्र आलोचना गरेका छन् । 

उनले लेखेका छन्, 'बितेको १ महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ । फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन । नेता थापाले अगाडी आक्रोश पोखेका छन्, ८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको कस्तो जवाफदेहीपन होला ? बुझ्न गाह्रो पर्यो ।

पूर्व अर्थमन्त्री अधिकारीलाई यसअघि पनि उपचारका लागि मेडिसिटीमा राखिएको थियो । केही सन्चो भएर फर्किएका उनलाई एकमहिना अघि पुनः भर्ना गरिएको थियो । 'तर, यसबीचमा उनलाई केही सुधार नभएपछि बिहीवार ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । उनको त्यहाँ वरिष्ठ चिकित्सकहरु डा. अर्जुन कार्की, डा. भगवान कोइराला, डा. मनबहादुर केसी लगायतले उपचार गरिरहेको नेता थापाले उल्लेख गरेका छन् ।'

Last modified on 2019-02-09 09:05:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts