गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले थाले रिले अनसन



Download our app to get more features

पोखरा, २८ माघ । गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थीहरुले आइतबारबाट रिले अनशन सुरु गरेका छन् । 

नेपाल सरकारले तोकेको भन्दा बढी लिइएको शुल्क विद्यार्थीहरुलाई फिर्ता दिनुपर्ने, विद्यार्थीहरुले तिरेको शुल्कको बिल, भौचर तथा रसिद उनीहरुलाई नै दिनुपर्ने लगाएतका मागहरु राख्दै विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन् । 

आफुहरुको माग पुरा नभएसम्म रिले असशन जारी राख्ने र केही त्यस्ता अप्ठ्यारो परिस्थिति आए कलेज प्रशासन नै जिम्मेवार हुनुपर्ने जी.एम.सी कलेजका विद्यार्थी प्रविन गौतमले चेतावनी दिए । 

आफुहरुले विभिन्न चरणमा गरेर माघ १७ गतेबाट आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेको भएपनि सुनुवाई नभएपछि बाध्य भएर रिले अनशन बस्नुपरेको गौतमको भनाई रहेको छ ।  

सरकारले तोकेको भन्दा बढी रकम विद्यार्थीहरुबाट असुलेर अन्याय गरिरहेको उनिहरुको भनाइ छ ।

Last modified on 2019-02-11 12:45:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts