गोदानको धर्ना आजपनि जारी, प्रहरीद्वारा चिकित्समाथि गरिएको व्यवहारप्रति एनएमको आपत्ति



Download our app to get more features

काठमाडौं, २८ माघ । सरकारी चिकित्सक संघ (गोदान) ले आजपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयनमा कुनै चासो नदिएको भन्दै संघले आजपनि धर्ना दिइएको संघका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताएका छन् । 

देशभरका सरकारी चिकित्सकलाई संघ मातहतमा राखि खटाउनुपर्ने सहमति यथाशिघ्र कार्यान्वयन गर्न दवाव स्वरुप संघले आइतबारदेखि मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिइरहेको छ । 

यसअघि शान्तिपुर्ण धर्नामा बसेको चिकित्सकहरुलाई आइतबार प्रहरीले लाठिचार्ज गर्दै पक्राउ गरेको थियो । 

यसैबीच, नेपाल चिकित्सक संघले प्रहरीले चिकित्सकमाथि गरेको दुव्र्यवहारप्रति घोर भत्र्सना गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सकमाथि प्रहरीले गरेको लाठिचार्ज र पक्राउप्रति भत्र्सना गरेको हो ।
नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्ति यस्तो छ...

Last modified on 2019-02-11 15:59:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts