दार्चुला अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु, कोरोना परीक्षणको नतिजा आउन बाँकी



Download our app to get more features

दार्चुला, १९ साउन । जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ । 

जिल्लाको व्यास गाउँपालिका –५ का २८ वर्षीय लोकेन्द्र कुँवरको राति १ बजे मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

श्वास फेर्न गाह्रो हुने र ज्वरो आइरहेको समस्या लिएर आइतबार दिउँसो उनी अस्पताल पुगेका थिए । थप उपचारको लागि धनगढी जान भनिएपनि उनी नगएको अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।  

‘उहाँमा स्वासप्रस्वासको समस्या थियो । अन्य स्थानमा गएर उपचार गर्न भनेर पठाएका थियौं’ उनले भने, ‘फेरि राति बढी भएर अस्पताल आउनुभएछ, राति मृत्यु भयो ।’ 

सूचना अधिकारीका अनुसार मृतक कुँवरको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइएको र स्वाबको नतिजा आउन बाँकी रहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts