नेपालमा फेरि बढ्यो कोरोना संक्रमणको दर, ४ सय १८ जना नयाँ संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १९ साउन । नेपालमा फेरि कोरोना संक्रमणको दरमा वृद्धि भएको छ ।

पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड १९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराए ।

उनले यो संख्यासँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २० हजार ७ सय ५० पुगेको बताए ।
 

Last modified on 2020-08-03 16:30:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts