तीन महिना नपुग्दै भरतपुर अस्पतालमा नयाँ मेसु, डा. पाण्डेले पाए जिम्मेवारी



Download our app to get more features

चितवन, ३ फागुन  । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा तीन महिना नपुग्दै प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) को जिम्मेवारी डा. वासुदेव पाण्डेले पाएका छन् ।

आइतवारको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको प्रमुख मेसुमा डा. पाण्डेलाई नियुक्त गरेको हो । यसअघि उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक थिए। एघारौँ तहका डा. पाण्डे भाइरोलोजिष्ट हुन् । उनी अस्पतालमा हाजिर भने भइसकेका छैनन् ।

यसअघि दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. जगन्नाथ तिवारी अस्पतालको निमित्त प्रमुख मेसु रहेका थिए । 

उनलाई गत मंसिर ८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा नियुक्त गरेको थियो । भरतपुर अस्पतालमा मेसु छोटो समयमै परिवर्तन हुने संस्कार नै जस्तो बनिसकेको छ । यसले अस्पतालको दिगो विकास निर्माणका काम समेत प्रभावित भएको छ ।

Last modified on 2021-02-16 08:12:42

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts