प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त



Download our app to get more features

वीरगंज, ५ फागुन । पहिला कोरोना महामारीको हटस्पट बनेको प्रदेश २ कोरोना नियन्त्रणमा सुधारोन्मुख देखिएको छ। प्रदेश २ का आठ जिल्लामध्ये ६ वटा जिल्ला ग्रीन जोन बनेका छन् ।  पर्सा र धनुषामा भने जम्मा ५२ जना कोरोना सङ्क्रमितहरू मात्र रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 पछिल्लो डेढ महिनादेखि कोरोनाका कारण मृत्यु नभएको र दैनिक हुने पीसीआर परीक्षणमा पनि न्यून मात्रामा कोरोना सङ्क्रमण भेटिएको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए ।  मंगलवार साँझ सम्म २४ घण्टामा ८५ वटा नमूना परीक्षण गरे तापनि सबै नतिजा नेगेटिभ आएको उनले बताए।

प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा २५ र सोही प्रयोगशालामा एन्टिजिनबाट १४, गौर प्रयोगशालामा ३० र नारायणी अस्पताल प्रयोगशालामा १६ गरी ८५ वटामध्ये सबै नतिजा नेगेटिभ आएको छ । हालसम्म प्रदेश २ को आठ जिल्लामा १४ हजार १९३ पुरूष, २ हजार ९९९ गरी महिला गरी कुल १७ हजार १९२ जना सङ्क्रमित भएकोमा सक्रिय सङ्क्रमितबाहेक १३ हजार ९८५ पुरूष, २ हजार ९४६ महिला गरी कुल १६ हजार ९ सय ३१ जना सङ्क्रमित निको भएका छन्।

प्रदेश २ को ८ जिल्लामा २०९ जनाको मृत्यु भएको छ, जसमध्ये एकजना भारतीय पनि हुन्। पर्सामा १ जना भारतीयसहित ५१ जना, बारामा २४, रौतहटमा १०, सर्लाहीमा १४, महोत्तरीमा १८, धनुषामा २५, सिरहामा २५ र सप्तरीमा ४१ जना गरी कुल २०९ जनाको मृत्यु भएको तथ्यांक छ। पछिल्लो डेढ महिनादेखि कोरोना सङ्क्रमणबाट कुनै किसिमको मानवीय क्षति नभएको उनले बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts