पाठेघरको मुख र स्तनक्यान्सर सम्बन्धी निःशुल्क कार्यक्रम सम्पन्न



Download our app to get more features

चितवन, २७ साउन । चितवनको भरतपुरस्थित नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालको प्रविधिक सहयोग र संञ्जीवनी फाउण्डेशन नेपालको सहयोगमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी भीआइए टेष्ट  सम्पन्न भएको छ ।

दुई दिन चलेको कार्यक्रममा १ सय १५ जना महिलाको जाँच भएको थियो  । जसमध्ये ५ जनामा पोजेटिभ देखिएको संस्थाका अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।

उक्त कार्यक्रममा संञ्जीवनी फाउण्डेशन नेपालका पदाधिकारी र क्यान्सर अस्पतालका अधिकारीहरुले सचेतना विस्तार गरे ।
 

Last modified on 2016-08-11 12:36:16

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts