स्तन तथा पाठेघर क्यान्सरबारे सचेतना कार्यक्रम सम्पन्न 

What's This?


Download our app to get more features

भरतपुर, १२ भदौ । महिलाहरुको महान् चाड हरीतालिका तीजको अवसर पारेर भरतपुरमा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि समस्या बढ्दै जान थालेपछि रोकथामका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

लायन्स क्लब अफ चौतारी र परिचय नामक संस्थाले उक्त कार्यक्रम आयोजना गरेका थिए । सोही कार्यक्रमलाई क्यान्सर नियन्त्रण रोकथाम तथा अनुसन्धान विभाग र बीपी मेमोरियल क्यान्सर अस्पताल चितवनले सहयोग गरेका थिए  । कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पव्लिक हेल्थ अफिसर डा. भोला शिवाकोटीले क्यान्सर रोगबारेमा जानकारी गराएका थिए ।

त्यसैगरी  क्यान्सर नियन्त्रण रोकथाम तथा अनुसन्धान विभागका प्रमुख डा. किशोरकुमार प्रधाङ्गले क्यान्सर रोगले निम्त्याउने समस्या तथा रोकथामको विषयमा महिलाहरुलाई जानकारी गराएका त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

शरीरमा भएको कोठीको आकार अस्वभाविक रुपमा बढेमा, गिर्खा तथा गाँठागुठी देखा परेमा, कोठीबाट रगत निस्कने भएमा क्यान्सरको लक्षण हुन सक्ने भएकाले सबैले समयमै परिक्षण गराउन चिकित्सकहरुले आग्रहसमेत गरेका छन् । 

Last modified on 2016-08-28 13:21:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts