चिविराप्रले निकाल्यो विभिन्न तह अध्ययनका लागि विद्यार्थी भर्नाको सूचना



Download our app to get more features

काठमाडौं, २४ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा शैक्षिक सत्र २०७४/७५ का लागि  विभिन्न तह अध्ययनका लागि विद्यार्थी भर्नाको सूचना प्रकाशित गरिएको छ ।

प्रतिष्ठानले दुई वर्षे स्नाकोत्तर तहमा वुमन्स हेल्थ एण्ड डेभलपिङ–६ र पाइडीआट्रिक नर्सिङ–४  विषयका लागि अनलाइन भारम भरी भर्ना हुन सक्ने जनाएको छ । यस परिक्षाको शुल्क तीन हजार १ सय रहेको पनि सूचनामा जनाइएको छ । यसैगरी अनलाइन फारम भर्दा केही समस्या आएमा टोल फ्रि नम्बर १६६०–०१०–२१२१ मा सम्पर्क गर्न पनि भनेको छ । यसैगरी  प्रतिष्ठानले सोहि शैक्षिक सत्रका लागि ३ वर्षे ब्याच्लर नर्सिङ अध्ययनका लागि पनि विभिन्न भर्ना खुलेको सूचना जारी गरेको छ ।

सबै विषय अध्ययनका लागि यहि साउन २७ गतेसम्म भर्ना  अवधी राखिएको पनि सूचनामा जनाइएको छ । थप जानकारीका लागि प्रतिष्ठानको वेभ साइट –online.nams.org.np लग इन गरेर हेर्न सकिने व्यवस्था मिलाइएको बताइएको छ ।  
 

Last modified on 2017-08-08 09:37:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts