डा. केसीको समर्थनमा सरकारी चिकित्सकले शुक्रवारदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने



Download our app to get more features

काठमाण्डौ, २६ साउन । सरकारी चिकित्सक संघ गोदानले डा. गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै भोलिदेखि सबै अस्पतालको आकस्मिक बाहेकका सेवामा सहभागी नहुने घोषणा गरेको छ ।

 संघले बिहीवार आकस्मिक बैठक बसेर विज्ञप्ति जारी गर्दै डा. केसीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने निर्णय गरेको बताएको छ । १८ दिनदेखि आमरण अनशनमा रहँदा पनि सरकारले केही चरणको औपचारिक वार्ता शिवाय केही नगरेको संघको आरोप छ । अस्पतालका सेवा बन्द गर्दा पर्न जाने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने संघको विज्ञप्तिमा जनाइएको छ । 

Last modified on 2017-08-11 07:16:48

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts