‘डा.केसीको सदिक्षा टोली’द्वारा राहत तथा बृहत्त विशेषज्ञ शिविर



Download our app to get more features

रौतहट,४ भदौ । बाढी प्रभावितको उपचारमा खट्न आह्वान गरेपछि डा गोविन्द के सी को सदिच्छा सहित सहितको एक टोलीले बाढी प्रभावित क्षेत्रमा राहत वितरण र बृहत विशेषज्ञ शिविर सञ्चालन गरेको छ ।

उक्त इमरजेन्सी टोलीले दुई दिन सम्म सञ्चालन गरेको शिविरमा १२ सय जनाले स्वास्थ्य उपचार गराएको टिमकी संयोजक डा.तोसीमा कार्कीले बताइन् ।

सरकारी चिकित्सक संघ नेपाल र डाक्टर्स एशोसिएसन अफ नेपालले संयुक्त रुपमा आयोगजना गरेको सो शिविरमा रौतहटको डुमरिया गाउपालिका वडा न ९ मा ५१२ जना बिरामी र सुनसरीको डुम बस्ती र गौरीगाउँका ६७२ बिरामीले स्वास्थ्य परिक्षण गराएको गोदान अध्क्षय डा दिपेन्द्र पान्डेले बताए । 

टोलिमै रही सेवा दिएका एशोसिएसनका अध्क्षय डा कालु सिंह खत्रीले उक्त शिविरमा अधिकांश अल्पकालिन संक्रमणका बिरामीहरू जस्तै झाडापखाला, भाइरल फिभर आदी अत्यधिक रहेको बताउदै निकट भविष्यमै माहामारी फैलने सक्ने उच्च जोखिम रहेको जानकारी दिए । 

शिविरमा उपचारात्मक र अनुसन्धानत्मक सेवा दुवै उपलव्ध रहेको जानकारी दिदै डा बोम वि सि ले ५७ जना बिरामीको भिडियो एक्सरे गरिएको जानकारी दिए ।
 

Last modified on 2017-08-24 08:58:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts