बाढी प्रभावितलाई पोसिलो पिठो



Download our app to get more features

काठमाडौं, ७ भदौ । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य मन्त्रालयले पोसिलो पिठो वितरण गर्न थालेको छ । बाढीले घरमा भएका सबै अन्य नष्ट भएपछि भोकभोकै बस्न बाध्य महोत्तरीका पीडितलाई बुधबार स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले पोसिलो पिठो वितरण गरेका छन् ।

मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले बाढी प्रभावित सबै जिल्लामा पोसिलो पिठो वितरण हुने बताए । साथै प्रवक्ता गिरीले प्रभावित क्षेत्रमा औषधिको अभाव हुन नदिन मन्त्रालय सजग गरेको जनाए । मन्त्रालयले विपत्तीपछिको संभावित प्रकोपको जोखिमलाई न्यनिकरण गर्न प्रभावित क्षेत्रका बासिन्दाको खानपानमा ध्यान पु¥याउन जनचेतनामुलक कार्यक्रम सञ्चालन, आवश्यक औषधि पु¥याउने र विभिन्न खोप उपलब्ध गराउन थालेको प्रवक्ता गिरीले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार वाढी प्रभावित क्षेत्रमा १८ सय ३५ स्वास्थ्यकर्मी खटिएका छन् । जसमा सरकारीका तर्फबाट नौ सय ८६ र निजी क्षेत्रबाट आठ सय ४९ रहेका छन् । 
प्रकोप रोक्न मन्त्रालय सजग
बाढी प्रभावित क्षेत्रमा कुनै पनि प्रकोप फैलन नदिने बारे स्वास्थ्य मन्त्रालय सजग रहेको प्रवक्ता श्रीकृष्ण गिरीले बताए । उनका उनका अनुसार सजगतास्वरु स्वास्थ्य मन्त्रालयले विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको र आवश्यक पोषणयुक्त खाने कुराका साथै औषधि पनि वितरण गरिरहेको छ । आगामी दिनमा पनि प्रभावित क्षेत्रमा कुनै प्रकोप फैलन नदिन सरसफाइमा विशेष ध्यान दिने बारे जनचेतना फैलाउदै जाने प्रवक्ता गिरीले बताए । 

यस्तै स्वास्थ्य मन्त्री गिरीराजमणी पोखरलले बधुबार महोत्तरीका विभिन्न ठाउँमा स्वास्थ्य शिविरको उद्घाटन गरेका छन् । त्यहाँ पनि स्थानियलाई विभिन्न औषधि, राहत वितरण र सरसफाइ बारे सचेतनामुलक काम भएको छ । 
 

Last modified on 2017-08-23 16:02:34

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts