आँखा पाक्नबाट बच्न यसो गर्नुहोस् (भिडियोसहित) 



Download our app to get more features

हिले गर्मीको मौसम छ । धुवाँ धुलो प्रदुषित वातावरणले अनेका प्रकारका स्वास्थ्य समस्या देखा परिरहेका छन् । यस्ता समस्या मध्ये आँखाको समस्या धेरैमा हुने गरेको छ । आँखाका समस्या पनि अनेक प्रकारका देखिएका छन् । जसमध्ये आँखा पाक्ने समस्या सबै भन्दा बढी हुने गरेको छ । आँखा पाक्नबाट कसरी जोगिने र पाकिहाले कसरी निको गर्ने बारे आँखारोग विशेषज्ञ डा. योगिता राजभण्डारीको सुझाब यस्तो छ :

आँखा पाक्ने रोग सरुवा रोग हो । आँखाको सेतो भागमा कुनै पनि संक्रमण हुँदा आँखा पाक्छ । संक्रमित आँखामा जिवाणुहरूको छिटो प्रवेश हुन्छ । समयमै सावधानी नअपनाए आँखामा गम्भीर समस्या पर्नसक्छ । 

आँखा पाक्नु पूर्वका लक्षणहरू 

  • आँखा रातो हुने ।
  • आँखा बिझाउने र चिलाउने ।
  • आँशु बग्ने ।
  • आँखाका परेलाहरु सुन्निने ।
  • संक्रमण भएको केही दिनपछि दृष्टि धमिलो हुने ।

आँखा पाक्दा यस्तो भ्रम 
हाम्रो समाजमा आँखा पाक्ने रोगबारे धेरै भ्रम छन । आँखा पाकेका मानिसको नजिक जाने बितिकै सरिहाल्छ, उनीहरूसँग बोल्नु हँुदैन्, सम्पर्कमा रहनु हँुदैन् भन्नेहरू पनि छन् । यस्तो सोचाई र व्यवहारले बिरामीमा एक्लोपन महसुस गराई झन् तनाब बढाउँछ । 

तर, यसो भन्दैमा बिरामीलाई सामान्य अबस्थामा जस्तंै सँगै खाना खाने, एक अर्कोलाई छुने, एउटै तौलिया, कपडाहरू, सुत्ने ओछ्यान प्रयोग भने नगर्दा राम्रो हुन्छ । आँखाबाट निस्कने फोहोर अर्को व्यक्तिको आँखामा पुग्न सक्ने भएकाले विशेष सचेत भने हुनै पर्छ । यअर्थ बिरामीले प्रयोग गर्ने सामग्रीहरू उसले मात्र प्रयोग गर्नुपर्छ । 

बच्ने उपाय 

  • आँखालाई सधै स्वस्थ राख्न सम्भव भएसम्म स्वच्छ वातावरणमा बस्ने । 
  • धुवाँ धुलोबाट बच्ने । 
  • आँखा बढी नमाड्ने । 
  • पोसिलो खाना खाने । 
  • आँखा पाकेका व्यक्तिले प्रयोग गरेको तौलिया तथा लुगा, ओछ्यान प्रयोग नगर्ने । 
  • आँखामा समस्या आए अनुमानको भरमा औषधि प्रयोग नगर्ने । 
  • आँखामा कुनै पनि समस्या या लक्षण देखिए तुरुन्त विशेषज्ञद्वारा परीक्षण गराउने ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-08-30 07:06:21

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts