बालिकाको मृत्युपछि नर्भीक अस्पतालमा तनाव, आफन्तले फाइल नै खोसे



Download our app to get more features

काठमाडौं, १३ भदौ । १६ महिने बालिकाको उपचारको क्रममा मृत्यु भएपछि थालापलिस्थित नर्भीक इन्टरनेशनल अस्पतालमा तनाव उत्पन्न भएको छ ।

चिकित्सकको लापर्वाहीका कारण बालिकाको मृत्यु भएको भन्दै परिवारले प्रदर्शन गरेका छन् । 

बिहान करिव ११ बजे इमर्जेन्सीमा पुर्याइएपनि गम्भीर अवस्था भएकाले भिक्टोरिया आचार्यको केहीबेरमै मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाबाट ग्रसित बालिकालाई जटिल अवस्थामा अस्पाताल ल्याइएको अस्पतालका एकजना अधिकारीले बताए । उनले भने ‘४/५ दिन अन्य अस्पतालमा उपचार पछि जटिल अवस्थामा ल्याइएको थियो, भेन्टिलेटरमा लाने तयारी भइरहँदा बालिकाको मृत्यु भएको हो । 

आक्रोशित भीडले वार्ता गर्न मानेन
अस्पतालले बालिकाको मृत्यु भएसँगै आक्रोशित बिरामीको भीडलाई नियन्त्रण गर्न छलफलका लागि आह्वान गरेपनि उनीहरुले अटेर गरेको अस्पतालले जनाएको छ । बिरामी पक्षलाई वार्ता गर्न आग्रह गरेपनि बच्चा मार्ने डाक्टरलाई पनि मार्ने र आफुपनि मर्ने भन्दै वार्तामा बस्न नमानेको अस्पतालले बताएको छ । बिरामीपक्षले बालिकाको उपचारसम्बन्धी फाइलहरु प्नि नियन्त्रणमा लिएको अस्पतालको दाबी छ । अस्पतालले यस विषयमा विस्तृत जानकारी विज्ञप्ति मार्फत जानकारी गराउने जनाएको छ ।

Last modified on 2017-08-30 07:55:11

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Marna lako manche lai Doctor le bachayo bhane public ko response esto huncha " sala yo doctor ko kaam nai manche bachaune ho kun thulo kaam hora ?? Tara birami huda hospital kaile lyaudaina birami lai bahira pharmacy bata ausadhi makai bhatmas jasto majja le khancha ani k hi nallage pachi Doctor ko ma aaucha antim awastha ma.... aba Doctor le jasari ni bachaunai parne bachaena bhaneta..... toddfod, doctor lai pitnu ta chadai cah marera pani aajha 25-30 lakh rupya ta nikali halcha. Bhaakr ko naya sisu jo pneumonia bata pidit cha uslai ICU lane kram ma nidhan bho .... kita paila nai yaunu parthiyo ...... antim awaastha ma aaera chai doctor ko laparbahi bhanna paincha ?? aru hospital ma chai k khana lageko paila ?? esta ta cha bheda haru !!!!


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts