बालबालिकाको शरीरमा देखिने गिर्खाको बेवास्ता नगरौं (भिडियोसहित)



Download our app to get more features

धिकांश बालबालिकाको कानमुनि वा शरीरका विभिन्न भागमा स–साना मासुका डल्ला वा गिर्खा देखिने गर्छ । धेरैले यस्ता गिर्खालाई वास्ता गर्दैनन् । तर, सबै गिर्खामा वेवास्ता गर्नु दीर्घकालिन रुपले बालबालिकाको लागि घातक पनि हुनसक्छ । बालबालिकामा यस्तो गिर्खा किन आउँछ र यस्ता गिर्खा देखिए के गर्ने के नगर्ने बारे बालरोग विशेषज्ञ डा. लक्ष्मी केसीको सुझाब यस्तो छ :

धेरै बालबालिकाको घाँटी र कानको बीच भागमा सानो मासुको डल्लो जस्तो गिर्खा देखिन्छ । त्यो छुँदा गुच्चा जस्तो हुन्छ । यस्ता गिर्खाहरु बच्चालाई रुखाखोकी, ज्वारो आउँदा बढी देखा पर्छ । बालबालिकाको विभिन्न अंगमा संक्रमण हुँदा प्रतिक्रिया स्वरुप यस्ता गिर्खाहरू देखिन्छन् । 

कस्ता गिर्खा बढी खतरा :
सामान्यतया लम्बाई चौडाई १/१ सेन्टीमिटरसम्मका, संक्रमणका बेला कहिलेकाँही देखिने र पछि हराउने, दुख्ने भए यस्ता गिर्खालाई सामान्य रुपमा लिनुपर्छ । तर, सधैभरी देखिरहने, बढ्दै जाने, एक भन्दा बढी गिर्खा भएमामा काखीमुनि, तिघ्रातीर देखिने गिर्खाबाट पिप बग्ने गरेमा कुनै दीर्घ रोगको लक्षण हुन सक्छ । क्षयरोग, मिर्गाैला, मुटु, क्यान्सर रोगका लक्षण समेत हुन सक्छ । यस्ता गिर्खालाई सामान्य रुपमा लिनु हँुदैन् । फोहोर भयो या सफासुग्घर भएन भने पनि टाउकोमा कहिले काही यस्ता गिर्खा देखिन्छन् । जस्तै टाउकोमा जुम्रा, चाया पर्दा यस्ता गिर्खा देखिने हुन्छ ।

बच्न के गर्ने :
बालबालिकालाई यस्तो समस्याबाट बचाउन सर्वप्रथम उसलाई कुनै पनि संक्रमण हुन दिनु हँुदैन् । उनीहरूको पुरै शरीर अभिभावकले परीक्षण गर्नुपर्छ । शरीरमा कुनै असामान्य अबस्था देखिएको छ की ?  त्यसमा ध्यान दिने । साथै बालबालिकालाई जंगफुड खुवाउनुको सट्टा सधै स्वस्थ र पोसिलो खाना खुवाउने, सफासुग्घर राख्ने गर्नुपर्छ । यस्ता कुनै समस्या देखिए जतिसक्दो छिटो अस्पताल लैजानु पर्छ । 

भिडियो हेर्नुस् । 

Last modified on 2017-09-01 09:00:01

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts