बच्चा मृत्यु भएको दुई दिनपछि नर्भिकले भन्योः चिकित्सकको गल्ती छैन 



Download our app to get more features

काठमाडौं, १५ भदौ । राजधानीको नर्भिक अन्तराष्ट्रिय अस्पतालमा उपचारको क्रममा मृत्य भएकी बालिकाको विषयमा अस्पतालले दुई दिनपछि आधीकारीक धारणा सार्वजानीक गरेको छ । गत भदौ १३ गते मंगलबार आकस्मिक कक्षमा प्रारम्भिक उपचारका क्रममा १६ महिने बालिका भिक्टोरी आचार्यको  निधन भएको थियो ।

अस्पतालले बालिकाको मृत्युको कारण चिकित्सकीय लार्पबाही नभएको दावी गरेको छ । उसले बालिकालाई आकस्मिक कक्षमा पुर्याइँदा नै स्वास्थ्य अवस्था अत्यन्तै जटिल भइसकेको दावी गरेको छ । ‘बालिकाले सास फेर्न नसकि रहेको, शरीरमा प्राणवायु (अक्सिजन)को मात्रा अत्यन्तै कम रहेको र असामान्य रुपमा प्राणवायुको मात्रा तलमाथि भैरहेको देखिएको थियो ।’ बिहीवार अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ मुटुको धड्कन पनि असामान्य अवस्थामा पाइएको थियो ।’ बिरामीलाई हस्पिटल पु¥याइएको दिनभन्दा ५ दिन पूर्वदेखि नै रुघाखोकीको ज्वरो आएकोले कुनै बालचिकित्सकको निजी क्लिनिकमा लगि औषधोपचार गराइएको र रोगका लक्षण कम नभएकोले पुनः उक्त क्लिनिकमै फलोअपमा लगेको समेत दावी गरिएको छ । समयमै हस्पिटल नपु¥याइनु र रोग अत्यन्त जटिल भई अन्तिम अवस्थामा मात्रै हस्पिटल पु¥याइनु अर्को चरम कमजोरी भएको अस्पतालका नायव प्रबन्धक आरपी मैनालीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ । 

बालिकाको मृत्युपछि परिवारका आफन्तहरुले मंगलबार दिनभर अस्पतालमा नाराबाजी गरेका थिए । मृतकका आफन्तले लापर्वाहीको कारण बालिकाको ज्यान गएको हुँदा उपचारमा संलग्न चिकित्सकलाई कार्वाहीको माग गरेका थिए । मंगलबार दिनभर अस्पतालमा धर्ना र नाराबाजी भएपछि अस्पताल प्रशासन र आफन्तबीच सरकारी प्रतिनिधि समेत सम्मिलित समिति बनाएर छानविन गर्ने सहमति भएको थियो । घटना छानविनको लागि स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा ६ सदस्य कमिटी गठन गरीएको छ । 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts