अर्बुद रोग निवारण संस्थाद्वारा क्यान्सर रोग सचेतना कार्यक्रम सम्पन्न



Download our app to get more features

काठमाण्डौ, १५ भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा संस्थाले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । 

सूर्य बहादुर थापा प्रतिष्ठान र अर्वुद रोग निवारण संस्थाको सहकार्यमा राजधानीको कोटेश्वर तीनकुनेमा क्यान्सर रोग सचेतना कार्यक्रमको आयोजना गरिएको हो । 

सो अवसरमा प्रमुख अतिथि बनेका व्यवस्थापिका संसदका सांसद एवं राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिल बहादुर थापाले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । त्यस्तै अर्का अतिथि टिकाराम चेम्जोङ्गले महिलामा स्वास्थ्यको चेतना जागृत हुने कार्यक्रमलाई प्रथमिकता दिनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले चेतनामुलक कार्यक्रमलाई संस्थाले  निरन्तर रुपमा नेपालभरि आयोजना गर्दै आएकोे र यसलाई थप व्यापक बनाउने बताए ।  
 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts