स्वास्थ्य मन्त्री पोखरेल डिस्चार्ज, एक साता आराम गर्न सुझाब 



Download our app to get more features

काठमाडौं, १८ भदौ । सधै सुनसान रहने वीर अस्पतालको भिआईपी कक्ष गत आइतबारदेखि निकै चहल पहल बढेको थियो । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल अस्पतालको भिआइपी कक्षमा उपचारका लागि भर्ना भएसँगै चहलपहल बढेको थियो । एक साताको उपचारपछि मन्त्री पोखरेल आइतबार डिस्चार्ज भएका छन् । 

ज्वरो र रुघाखोकीबाट पीडित भएपछि मन्त्री पोखरेल अस्पताल भर्ना भएका थिए । स्वास्थ्य परिक्षणपछि उनमा इन्फ्लुएन्जा एचवानएनवान पोजेटिभ देखिएको थियो । साथै मधुमेह र प्रोष्टेटमा समस्या देखिएको वीर अस्पतालका निर्देशक प्रा. डा. भुपेन्द्र बस्नेतले बताए । एक साताको उपचारपछि मन्त्री पोखरेल डिस्चार्ज भएका छन् । डिस्चार्ज भए पनि केही दिन घरमै आराम गर्नु पर्ने निर्देशक प्रा. डा. बस्नेतले बताए । 

डिस्चार्जका क्रममा मन्त्री पोखरेलले सरकारी अस्पतालले पनि राम्रो सेवा दिन सक्छन् भन्ने जानकारी दिन सफल भएको बताए । पहिला पनि वीर अस्पतालबाट उपचार सेवा लिने मन्त्री पोखरेलले देशभित्रका संस्थालाई सबल बनाउनु पर्ने बताए । उनले भने ‘भनेर मात्र होइन आफू संलग्न भएर मात्रै सबल बन्छ ।’ सो क्रममा मन्त्री पोखरेलले इन्फ्लुएन्जा भयो भनेर आत्तिनु नपर्ने पनि बताए । 

८४६ मा इन्फ्लुएनजा
सन् ०१७ जनवरीदेखि आठ सय ४६ जनामा इन्फ्लुएन्जा एचवानएनवान पीडीएम ण्ढ पोजेटिभ देखिएको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भिम आचार्यले बताए । उनका अनुसार करिब २५ सय ३१ जना संकास्पद बिरामीको र्याल परिक्षण गर्दा आठ सय ४६ मा इन्फ्लुएन्जा पुष्टि भएको हो । जस मध्ये १२ जनाको मृत्यु भएको डा. आचार्यको भनाइ छ । 

Last modified on 2017-09-03 16:21:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts