फ्रेड हलोज फाउन्डेसन र तिलगंगाको सहकार्य २६ वर्षमा प्रवेश



Download our app to get more features

काठमाडौं, १८ भदौ । आँखा स्वास्थ्यको क्षेत्रमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरिरहेको फ्रेड हलोज फाउन्डेसनले आफ्नो २५ वर्ष पार गरको छ । अस्पताल स्थापनासँगै फाउन्डेसनले अस्पतालको विकासमा सहयोग गर्दै आएको छ । 

यस फाउन्डेसनले विश्वका २५ भन्दा बढी मुलुकमा काम गरिरहेको कन्ट्रि पार्टनर म्यानेजर अनिल न्यौपानेले बताए । उनका अनुसार नेपालमा यस फाउन्डेसनले आँखा उपचार परियोजनामा २५ वर्षदेखि सहयोग गर्दै आएको छ । उनले भने ‘अस्पतालको जनशक्ति उत्पादन, औजार तथा आइओएल (इन्टा अकुलर लेन्स) उत्पादन गर्न सहयोग गरेको छ । नेपालमा उत्पादन भएको आइओएल उच्च गुणस्तरको भएको न्यौपानेको दावी छ ।  न्यौपानेका अनुसार मोतीविन्दु र अन्य कारणले हुने अन्धोपनाको न्युनिकरणमा यस संस्थाले सहयोग गरिरहेको छ । 

संसारबाट अन्धोपना हटाउन सकिन्छ भन्ने लक्ष्यसहित फ्रेड हलोजले संस्था स्थापना गरेका हुन् । उनी अष्ट्रेलियाका नेत्र चिकित्सक हुन् । संस्था स्थापना भएको केही समयपछि उनको मृत्यु भएको थियो । यस संस्थाले तिलगंगा आँखा प्रतिष्ठानलाई सहयोग गर्दै आएको छ ।

Last modified on 2017-09-04 13:17:18

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts