इवामुरामा ३१ असोजसम्म निःशुल्क स्वास्थ्य शिविर 



Download our app to get more features

काठमाडौं, २० भदौ । इवामुरा अस्पतालले सञ्चालन गरेको एक महिने निःशुल्क स्वास्थ्य शिविरको समयावधी थपेको छ । सेवाग्राहीको अत्यधिक चापका कारण समय थपेको अस्पतालले जनाएको छ ।

अस्पतालले १५ साउनदेखि १५ भदौंसम्म शिविर सञ्चालनको घोषणा गरेको थियो । तर, शिविरमा सेवाग्राही नघटेपछि ३१ असोजसम्म लम्बाएको अस्पतालले जनाएको छ । शिविरमा अस्पतालका दुई जना डाक्टरले बिरामीको स्वास्थ्य परिक्षण गरिरहेका छन् । उनीहरूले दैनिक ६० जनासम्म बिरामीको स्वास्थ्य परिक्षण गरिरहेका छन् । १५ साउनदेखि १५ भदौसम्ममा एक हजार सेवाग्राहीले अस्पतालबाट निःशुल्क सेवा लिएका छन् ।

शिविरमा सात जनाको शल्यक्रिया पनि गरेको अस्पतालका व्यवस्थापक रन्जित मारीखुले जानकारी दिए । शिविरमा आएका बिरामीको शल्यक्रिया गर्नु परे ५० देखि ६० प्रतिशत छुट दिएको मारीखुले बताए । यसैगरी ल्याब परिक्षणमा पनि छुट दिएको छ । महिला स्वास्थ्य बारेमा जनचेतना जगाउनको शिविर आयोजना गरेको अस्पतालले जनाएको छ । यो सँगै अस्पतालले पित्तथैली सम्बन्धी स्वास्थ्य सेवा र परामर्श पनि शिविरमा दिएको छ । जसमा ४० देखि ५० पतिशत छुट दिएको व्यवस्थावक मारीखुले बताए । थपिएको अवधिमा करिब आठ सयदेखि एक हजारलाई सेवा दिने अस्पतालको लक्ष्य छ । 

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Good job God bless u all team in such opportunity


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts