महिलाको मृत्युको चौथो कारण डिम्बासयको क्यान्सर 



Download our app to get more features

काठमाडौं, २० भदौं । क्यान्सर केयर नेपाल र नेशनल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा डिम्बासयको क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा नायिका मनिषा कोइरालाले उचित आहारव्यहार र स्वस्थ जीवनशैली अपनाए जस्तोसुकै रोगलाई पनि जित्न सकिने बताइन् । उनले भनिन् ‘क्यान्सरलाई जितेपछि जीवन धेरै रमाइलो भएको महशुस गरेकी छु । क्यान्सरका कारण जीवनको महत्व बुझेकी छु ।’ कोइरालाले जुनसुकै रोगको उपचारमा बाँच्ने इच्छाशक्तिले महत्वपूर्ण काम गर्ने बताइन् । आफ्नो जीवन कस्तो बनाउने त्यो बिरामीकै हातमा निर्भर रहने उनले बताइन् । कार्यक्रमा कोइरालाले क्यान्सर रोगीलाई अर्गानिक खानेकुरा र व्यायममा फोकस दिन आग्रह गरिन् । 

कार्यक्रममा मेडिकल अंकोलोजिस्ट डा. सन्ध्या चापागाईले डिम्बासयको क्यान्सर विश्वभरका महिलाको मृत्युको कारणमध्ये ५औं स्थानमा रहेको बताइन् । नेपालमा पनि डिम्बासयको क्यान्सर महिलाको मृत्युको चौंथो कारण बनेको उनको भनाइ छ । उनले भनिन ‘सुरुकै अवस्थामा क्यान्सर पत्ता लागे ९० प्रतिशतमा उपचार सफल हुन्छ ।’ डिम्बासयको क्यान्सर लाग्ने कारण निश्चित नभए पनि वंशाणुगत कारण पनि एक हो । बच्चा जन्माएका र स्तनपान नगराउनेमा यो रोगको जोखिम उच्च हुने डा. सन्ध्याले बताइन् । उनले भनिन् ‘यो रोगको लक्षण ढिलो देखिने भएकाले उपचारमा बिरामी पनि ढिलो गरी स्वास्थ्य संस्थामा पुग्छन् । यसकारण नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ ।’

क्यान्सर उपचारको स्पष्ट गाईडलाइनमा जोड
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेशनल प्लानिङ कमिश्नर डा. मिरा थापा उपाध्यायले नेपालमा अझैसम्म पनि डिम्बासयको क्यान्सर सम्बन्धी स्पष्ट गाईडलाइन नभएकाले बर्षेनी मृत्युदर बढिरहेको बताइन । यसका लागि सरकारले छिटो स्पष्ट गाईडलाइन बनाउन जोड दिइन् । 

यसैगरी कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो कार्यकालमा क्यान्सर सम्बन्धी ‘प्रोटोकल’ बनाइसकेको र अब त्यसलाई कार्यान्वयनमा जोड दिन आवश्यक रहेको जनाए । उनले यस रोगको उपचारका लागि राज्य सँगसँगै व्यक्ति र समुदाय पनि सक्रिय हुनु पर्ने बताए । 

Last modified on 2017-09-05 17:20:32

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts