१३ वर्ष बालिकाले जन्माइन शिशु 



Download our app to get more features

बीबीसी । बलात्कारपीडित १३ वर्षीया एक बालिकाले शिशु जन्माएकी छन् । तर, उक्त शिशुको दुई दिनपछि मृत्यु भएको छ । सुप्रीम कोर्टले किशोरीलाई गर्भपतनको अनुमति दिए पनि उनले शिशुलाई जन्माएकी थिइन । शिशुको मृत्यु मुम्बईको एक अस्पतालमा भएको हो । 

अस्पतालका अनुसार उनको गर्भ ३२ साताको थियो र उनले शुक्रबार छोरालाई जन्म दिएकी थिइन् । शल्यक्रियामार्फत उनले शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । शिशुको मृत्यु आइतबार भएको थियो । उनी आफ्नै बाबुको साथीबाट बलात्कारको शिकार भएकी थिइन । बलात्कार आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

भारतमा गर्भपतनसँग सम्बन्धित कानुन अनुसार २० साता भन्दा बढीको गर्भपतन गर्न पाइदैन । तर, आमा वा शिशुको ज्यान खतरामा पर्ने अवस्था आए मात्रै यस्तो गर्भपतन गर्न अनुमति पाइन्छ । मुम्बइको जेजे अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर अशोक आनन्दको नेतृत्वमा पाँच चिकित्सकको टिमले बालिकाको शल्यक्रिया गरेको थियो । डाक्टर आनन्दने सोमबार बीबीसीसँग भने ‘बालिकाको गर्भ त्यस अवस्थामा थियो जहाँ गर्भपतन गराउँदा शिशुको जन्म भयो ।’ उनले अहिले आमाको अवस्था ठीक रहेको र केही दिनमै उनी अस्पतालबाट घर फर्किने बताए ।
 

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts