२० असोजदेखि प्राडा केसी पुनः अनशन बस्दै

What's This?


Download our app to get more features

काठमाडौं, ३ असोज । माथेमा प्रतिवेदन र पटकपटकको अनशन विपरित सरकारले चिकित्सा शिक्षा ऐन ल्याउन लागेको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसी २० असोजदेखि फेरी अनशनमा बस्ने भएका छन् । चिकित्सा शिक्षा ऐनलाई विकृत रुपमा ल्याउने प्रयास भइरहेको र उक्त प्रयास रोक्न पुनः अनशन बस्न बाध्य भएको डा. केसीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा मेडिकल माफियासितै मिलेमतो गरी प्रमुख दलहरू देशभर सरकारी मेडिकल कलेज खोल्न बाधक बनिरहेको आरोप पनि प्राडा केसीले लगाएका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै प्राडा केसी यस अघि ११औं पटक अनशन बसिसकेका छन् ।

यस्ता छन् प्राडा केसीका माग ः–
१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् । 

२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), ४२,४५,००० (उपत्यकाबाहिर) तथा बीडीएसका लागि १९,३२,६१२ कायम गरियोस् । माफियासित मिलेमतो गरेर अर्बैको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क  २२,५०,००० कायम गरियोस् । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् । 

३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् । 

४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् । 
 

Last modified on 2017-09-20 07:42:00

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts