नेपाल चिकित्सक संघको आन्दोलनमा हाम्रो ऐक्यवद्धता छ –गोदान

उमेर हद ६५ वर्ष पुर्याउने मागमा छलफलपछि मात्र अघि बढ्न सरकारसँग माग 



Download our app to get more features

काठमाडौं,असोज ८ । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले विज्ञप्ती निकालेर नेपाल चिकित्सक संघले पछिल्लो समयमा उठाउँदै आएका मागहरुका सम्बन्धमा ऐक्यवद्धता रहेको जनाएको छ । साथै गोदान पनि संघसँगै आन्दोलनमा होमिएको स्पष्ट पारेको छ । 

चिकित्सक सहितका सबै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका लागि सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले सम्पूर्ण स्वास्थ्यकर्मीले भय रहित वातावरणमा काम गर्न पाउने अधिकारको सुनिश्चितताका लागि jail without bail को प्रावधान सहितको कानुन र चुस्त व्यावहारिक व्यवस्थाको लागि नेपाल सरकार तथा सरोकार वालाहरुलाई पटक–पटक माग गर्दै आएको स्मरण गराएको छ । 

गोदानको  विज्ञप्तीमा 'सरकारी चिकित्सकका विभिन्न प्रावधानहरुबारे नयाँ व्यवस्थाको माग गर्दा आफूहरुसँग छलफल नगरिकन अघि सारिएका मागहरु र उपरोक्त मागहरुबारे सरकारी वा अन्य निकायले गर्ने सहमतिहरु गोदानलाई मान्य नहुने सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौं',भनिएको छ । 

सरकारी चिकित्सकहरुलाई प्रत्यक्ष असर पार्ने चिकित्सकको निवृत्तीको उमेर हद ६५ वर्ष पुर्याउने मागका सम्बन्धमा गोदानसँग छलफल नै नगरी अघि बढेमा गोदानले त्यस्तो निर्णय अस्वीकार गर्ने समेत प्रष्ट पार्न चाहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

साथै “राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४“ को दफा ४२ ले सरकारी चिकित्सक लाई पाखा लगाउँदै सरकारी प्रणाली अन्तर्गतको रेफरल अस्पतालहरुलाई विलय गराउने र सरकारी चिकित्सकलाई जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै सिमित पार्न खोजिएकोले प्रतिष्ठान सम्बन्धिको विधेयक हालकै स्वरुपमा पेस गरेर लाद्न खोजिएमा गोदानलाई मान्य नहुने र त्यस्को घोर प्रतिकार गर्ने पनि चेतावनी दिइएको छ । 

चिकित्सकले भयरहित अवस्थामा काम गर्न पाएमा मात्र उपचार व्यवस्थित हुने भएकाले त्यस्को सुनिश्चितताका लागि सबैले आफ्नो तप्काबाट सहयोग गर्न समेत आह्वान गर्दछौं विज्ञप्तीमा भनिएको छ । 
 

Last modified on 2017-09-24 08:40:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts