महोत्तरीको बर्दिवासमा डेगुंबाट बच्न 'सर्च एण्ड डिस्ट्रोय' कार्यक्रम

डेगुं सार्ने लामखुट्टे र त्यसको लार्भा खोजेर नष्ट गरिदै



Download our app to get more features

काठमाडौं,२० असोज । महोत्तरीको बर्दिवास नगरपालिकामा डेगुंको प्रकोप बढेपछि स्वास्थ्य टोलीले बर्दिवासमा सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन गरेको छ । त्याहाँ ४२ जनामा यो रोग देखा परिसकेको छ ।   

बर्दिवासमा डेगुंको एकैपटक यतिको संख्यमा विरामी देखा परेपछी स्वास्थ्य मन्त्री देखि, स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य संगठन, जिल्ला स्वास्थ्य कार्यालय महोत्तरी, बर्दिबास सरकारी अस्पताल, बर्दिबास नगरपालिकाले संयुक्त रुपमा दिनहुँ डेंगुको संक्रमण फैलाउनबाट रोक्न लागिपरेका छन् । डेगुं सार्ने लामखुट्टे र त्यसको लार्भा खोजेर नष्ट गर्ने कार्यलाई टोलीले दुई दिन यता अभियानकै रुपमा अघि बढाएका हुन् ।

डेगुं देखा परेपछी नवनिर्वाचित प्रतिनिधी, स्वास्थ्यकर्मीको टोली, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीको सहयोगमा नगर क्षेत्रमा सर्च एण्ड डिस्ट्रोय कार्यक्रम सञ्चालन भैरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।  

कार्यालयका अनुसार डेगुं ज्वरो रोगको प्रकोप रोकथाम तथा नियन्त्रणको बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्याकीं ,खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेनरहेको हेरी खोजतलास गरि नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । 

डेगुं ज्वरो एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोग हो । यो रोगबाट बच्न मुख्यतया ः लामखुट्टेको टोकाईबाट जोगिनु पर्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउन , राती र दिउँसो पनि झुल भित्र सुत्न , घरवरपर सरसफाई राख्न र पानी जम्न सक्ने भाँडाकुँडा , पुराना टायर , खाल्टोमा रहेको पानी छोप्न स्वास्थ्य कार्यालय महोत्तरीले सबैमा अनुरोध गरेको छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts