राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारितका लागि संसदमा पेश हुने



Download our app to get more features

काठमाडौँ, २६ असोज । प्रतिपक्षी दलको व्यापक विरोधका बावजुत सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफल तथा पारितका लागि आज व्यवस्थापिका संसदको कार्यसूचीमा राख्ने भएको छ । 

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले छलफलपछि पारित गर्नका लागि संसदको कार्यसूचीमा विधेयक पेस गर्ने तयारी गरेको सभामुख ओनसरी घर्ती मगरका प्रेस संयोजक बविन शर्माले बताए ।

शर्माकाअनुसार महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकोप्रतिवेदनमाथि छलफल गरेर पारित गरियोस भन्ने प्रस्ताव संसदमा गर्ने तयारी शिक्षामन्त्री श्रेष्ठले गरेका छन् । 

अनशनरत डा. गोविन्द केसीले भने माथेमा प्रतिवेदन र आफ्ना सुझाव समेटेर मात्रै चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्ने माग अघि सारेका छन् । 

यसअघि मंगलबार शिक्षामन्त्री श्रेष्ठ र डा. केसीबीच विधेयक परिमार्जन गर्ने सहमति भएको थियो । बुधवार सरकारले डा. केसीसँग वार्ता गर्न औपचारिक रुपमा वार्ता टोली गठन गरेको थियो । सहमतिका लागि शिक्षामन्त्री, पूर्व स्वास्थ्यमन्त्री लगायत जुटिरहेका छन् ।

Last modified on 2017-10-12 15:11:45

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts