चिसोमा छाला फुट्छ ? जोगाउने यस्ता छन् विधि

(भिडियोसहित)



Download our app to get more features

चिसो मौसम सुरु भइसकेको छ । गर्मीमा भन्दा चिसो मौसममा स्वास्थमा बढी समस्या देखिन्छ । यसमध्ये छालामा देखिने फुस्रोपना, सुख्खापन वा छाला फुट्ने अधिकांसको साझा समस्या हो । चिसो मौसममा देखिने समस्याबाट छाला जोगाउन छाला रोग विशेषज्ञ डाक्टर एलिजा अर्यालको सुझाब यस्तो छ...
सबै व्यक्तिको छालाको प्रकार एकै किसिमको हुँदैन । व्यक्तिको शारीरिक अवस्था अनुसार छालाको प्रकृति भिन्न भिन्न हुन्छ । भिन्न भिन्न छालाका प्रकृति अुनसार समस्या पनि फरक फरक हुने गर्छ । तुलनात्मक रुपमा चिल्लो छाला हुनेलाई भन्दा फुस्रो छाला हुनेलाई चिसोले बढी सताउँछ । 


कारण :-
बाहिरी वातावरण बढी चिसो हुँदा छाला पनि चिसो हुन्छ । तर शरीर भित्रको तापक्रम भने तातो रहन्छ । जसले गर्दा छाला र शरीरको तापक्रम मेल खादैंन । जसका कारण छाला फुस्रो हुने र फुट्ने गर्छ । जाडोको समयमा तातो पानी बढी प्रयोग गरिने, घाममा बस्ने हुँदा पनि छालाको भएको तौलियपन नष्ट हुन्छ र छाला फुस्रो हुने, फुट्ने गर्छ । 
यसरी सुरक्षित राख्ने
हामीहरू छालामा देखिने समस्यालाई सामान्य रुपमा लिने गर्छौ । यस्तो बेवास्ताका कारण पछि जटिल समस्या निम्तन सक्छ । तर, सुरुमै सजकता अपनाए छालालाई स्वस्थ राख्न सकिन्छ । 

  • सम्भव भएसम्म छालामा सामान्य देखिए पनि विशेषज्ञ चिकित्सकसँग सुझाब लिनुपर्छ । अन्यथा फुस्रो छाला हुनेहरूले नुहाउँदा वा अन्य काममा तातो पानीको प्रयोग नगर्दा राम्रो हुन्छ । 
  • घर बाहिर निस्कनु अघि वा घाम, धुँवा, धुलोमा हिड्दा हरेक तीन घण्टामा गुणस्तरीय सन क्रिम लगाउनु पर्छ । नुहाउँदा साबुन पानीको प्रयोग नगर्ने र नुहाएपछि चिसोमै तेल लगाउने वा कोल्ड क्रिमको प्रयोग गर्नुपर्छ । 
  • चिसो भए पनि छालालाई सधै सफा राख्ने ।
  • धुलो, सिमेन्ट, ढुंगा, माटोको काम काम गर्ने व्यक्तिले आवश्यक पञ्जा लगायतका सामग्री प्रयोग गर्ने । 
  • कोहीकोही व्यक्तिमा वंशाणुगत गुणको प्रभाव पनि हुन सक्छ । 

भिडियो हेर्नुहोस्:

Last modified on 2017-10-31 10:28:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts