कनिष्ठले तालिम दिन लागेको भन्दै हेल्थ असिस्टेन्टद्वारा बहिष्कार



Download our app to get more features

काठमाडौं,१६ कात्तिक । तालिम दिनेहरु आफूहरु भन्दा कनिष्ठ सि.अ.हे.व राखिएको भन्दै हेल्थ असिस्टेन्टहरू (हे.अ) ले एक तालिम बहिष्कार गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुले अयोजना गरेको क्षयरोग अधारभुत तालिम हेल्थ असिस्टेन्टहरू (हे.अ) ले बहिष्कार गरेका हुन् ।तालिम सुरू भए लगतै हे.अ हरूले तालिम गुणस्तरीय हुनु पर्ने तथा सहजकर्ता हे. अ भन्दा बरिष्ठ हुनु पर्ने तगाएतका माग राखेपछि विवाद उत्पन्न भएको थियो ।

बहिष्कारपछि हे.अ हरूले तालिम गुणस्तरीय हुनु पर्ने, सहजकर्ता हे. अ भन्दा बरिष्ठ हुनुपर्ने तथा तालिम सोहि समुहलाई तत्काल हुनुपर्ने लगाएतका माग राख्दै जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु मा ‘डेलिकेसन’ समेत गएका छन् । 
तालिम प्रेमसागर होटल गोरूसिंगे कपिलवस्तुमा आजदेखी १८ गतेसम्मका लागि सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

यसै बिच हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तु का अध्यक्ष दुर्गेसलाल चौधरीले कपिलवस्तु जिल्ला अन्तरगतका सम्पुर्ण हे अ हरूलाई  उक्त तालिममा हे.अ का माग सम्बोधन नहुदा सम्म सहभागी नहुन अनुरोध समेत गरेको छ ।
 

Last modified on 2017-11-03 11:55:16

1 Comments

  1. प्रमोद कुमार कर्णon Fri, Nov 03 2017 02:57 PM

    अहिलेका हे. अ . हरू काम गर्न केही जान्या हुदैन , न त बोल्ने तमीज छ , आफू ( पांचौ ) भन्दा ठूलो हका कर्मचारी ( छैठो ) लाई कनिष्ट जस्ता नैतिकहीन तथा घमण्डिपूर्ण शब्द प्रयोग गर्ने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts