'मेलान'को मोरङ जिल्ला अध्यक्षमा राउत निर्वाचित, प्रयोगशाला काउन्सिल गठन गर्न माग



Download our app to get more features

विराटनगर, १९ कार्तिक ÷ मेडिकल ल्याब्रोटोरी एसोसिएसन अफ नेपाल (मेलान) मोरङको अध्यक्षमा दिनेश कुमार राउत अत्याधिक मत ल्याएर निर्वाचित भएका छन् । 

विराटनगरमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले १ सय २५ मत ल्याएर राउत तीनवर्षे कार्यकालको लागि निर्वाचित भएका हुन् । नेतृत्व गर्न सक्ने क्षमता भएका राउत यसअघि पनि अध्यक्षको तीन वर्षको कार्यकाल कुशलता पूर्वक सम्पन्न गरिसकेका छन् ।
 
राउतका निकटतम प्रतिद्वन्द्वी जितेन्द्र झाले ३७ मात्र मत ल्याएका छन् । उपाध्यक्षमा पनि अंशु ठाकुरले फराकिलो मत १ सय १ मत ल्याएर विजयी भए । उपाध्यक्षमा तीनजनाले प्रतिस्पर्धा गरेका थिए । ठाकुरका निकटतम प्रतिद्वन्द्वी ललित नारायण चौधरीले ३२ र कम्लेश कुमार कर्णले २६ मत ल्याए । सचिवमा जितेन्द्र देवले १ सय ३४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी शेखर मिश्राले ३१ मात्र मत ल्याए । कोषाध्यक्षमा अर्जुन राय सर्वसम्मत रुपमा चयन भए । सह–सचिबमा ९२ मत ल्याएर धिरेन्द्र चौधरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी ओमप्रकाश यादवले ५० र माधवकुमार कर्णले १५ मत ल्याएका थिए । 

त्यस्तै, सदस्यहरुमा सन्तोष यादवले १ सय २८, दिपक प्रसाद देवले १ सय २०, हरेराम यादवले १ सय ७, दिपक पण्डिले १ सय १, बब्लु राय निर्वाचित भए । सर्वसम्मत रुपमा रघुपति चौधरी र ललिता राजवंशी सदस्यमा चयन भए । 

प्रयोगशाला काउन्सिल गठन गर्न माग
मेलाको अधिवेशनमा बोल्ने वक्तहरुले देशभरीमा ठूलो संख्यामा प्रयोगशालाहरु रहेको भन्दै सरकारले प्रयोगशाला काउन्सिल तत्काल गठन गनुपर्नेमा जोड दिए ।

 उनीहरुले प्रयोगशाला काउन्सिल गठन नहुँदा समस्या भएको भन्दै सरकारले तत्काल ल्याबहरुको लागि हेर्ने छुट्टै काउन्सिल गठन गर्न माग गरे । कार्यक्रममा मेलानका केन्द्रीय कोषाध्यक्ष रमेश अधिकारीले ल्याबहरुले दिने पछिल्लो समय रिपोर्टहरु ल्याबैपछि फरक आउने जनगुनासो बढेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिए । उनले गुणस्तरीय सेवा प्रदान गरि ल्याबहरुले सेवाग्राहीको मन जित्नुपर्नेमा जोड दिए । 

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts