आईओएमको एमबीबीएस प्रवेश परीक्षा पुनः हुने !



Download our app to get more features

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद प्रश्नपत्र बाहिरिएपछि एक महिनादेखि ठप्प महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)को एमबीबीएस तहको प्रवेश परीक्षा पुनः गर्ने मनस्थितीमा पुगेको छ । 

मंगलबार मात्रै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानविन गर्न त्रिविले गठन गरेको समितिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन हात परेलगत्तै बुधवार राति अवेरसम्म त्रिवि पदाधिकारीहरु छलफलमा जुटेका थिए । छलफलपछि उनीहरुले प्रवेश परीक्षा पुनः गर्नुको विकल्प नभएको निश्कर्ष निकालेका छन् । यद्यपी परीक्षा पुनः गर्नेबारे  औपचारिक निर्णय भने उनीहरुले विहिबार मात्रै गर्ने भएका छन् । त्रिवि श्रोतका अनुसार प्रवेश परीक्षा शंकाको घेरामा परिसकेको विभिन्न अध्ययनबाट पुष्टी भइसकेकाले त्रिवि पुनः परीक्षा गर्ने निश्कर्षमा पुगेको हो । त्रिवि उपकुलपति तीर्थ खानियाले यस विषयमा अझै छलफल बाँकी रहेको र बिहीवारसम्म कुनै निर्णयमा पुग्ने बताए ।

प्रश्नपत्र बाहिरिएपछि त्रिविले घटनाबारे विस्तृत छानविन गर्न डा. चिन्तामणी पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो । गत  असोज २८ गते आईओएमको एमबीबीएस प्रवेश परीक्षामा डिभाइसको माध्यमबाट प्रश्नपत्र बाहिरिएको थियो । उक्त घटनामा संलग्न १७ जना विरुद्ध प्रहरीले मुद्धा चलाइसकेको छ । परीक्षा पुन ः हुनु पर्ने माग गर्दै परीक्षार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आईओएमले आफुहरुको भविष्यमाथी खेलवाड गरेको आरोप समेत लगाएका छन् ।

Last modified on 2017-11-16 09:11:28

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts