केपी ओली र प्रचण्डले बिएण्डसीलाई सम्बन्धन दिलाएरै छाड्ने



Download our app to get more features

झापा, २ मंसिर । मन्त्रिपरिषद्बाट बहुप्रतिक्षित चिकित्सा शिक्षा अध्यादेश पास भएको दुईहप्ता बित्न नपाउँदै बाम गठबन्धनका शीर्षस्थ नेताले विवादास्पद बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउने बाचा दिएका छन् । 

झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने जिकिर गरे । उनले दुई महिनापछि फाइल लिएर सिंहदरवार आउन कलेज सञ्चालक एवं प्रचण्ड निकट मानिने कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई बाचा दिए । उनले नेपालमै मेडिकल कलेजहरु चलाएर विदेशमा विद्यार्थी पठाउने समुहलाई ठीक पार्ने पनि बताए । 

कार्यक्रममै माओवादी केन्द्रका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धन दिलाएरै छाड्ने उद्घोष गरे । उनले नेपालमा मेडिकल कलेज चलाउनै नदिने गरी स्वार्थ समुहले चलखेल गरेको दावी गरे । 
यसअघि प्रचण्ड नै प्रधाानमन्त्री हुँदा बीएण्डसीलाई सम्बन्धन दिलाउन खोज्दा अन्तिम समयमा डा. गोविन्द केसीले अनशनको चेतावनी दिएर प्रकृया अवरुद्द भएको थियो । झापास्थित बीएण्डसी मेडिकल कलेज एवं शिक्षण अस्पतालले लामो समयदेखि सम्बन्धनलाई उच्चस्तरीय पहल गर्दै आएको छ । कलेजले आफुसँग मेडिकल कलेजको गुणस्तर भएको भन्दै सम्बन्धनको लागि निरन्तर पहल गर्दै आएको हो । 

Last modified on 2017-11-19 09:42:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts