गर्भावस्थामा कोल्टे फेर्दै सुतेमा मृत बच्चा जन्मिने खतरा न्यून



Download our app to get more features

बीबीसी,५ मंसिर । एक अध्ययनले गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि  बिस्तारामा दायाँ बायाँ  फर्कि फर्कि अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने देखाएको छ ।

एक हजार गर्भवती महिलाहरुमा गरिएको उक्त अध्ययनले  गर्भावस्थाको आखिरी महिनामा कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा बढि भेटिएको छ ।  अध्ययनका क्रममा समावेश गरिएका २९१ बच्चाहरु मृत जन्मेका थिए भने ७३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । 

शोधकर्ताका अनुसार यदि गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक छ । तर निदाएर बिउँझिदा आफ्नो शरीरको बल कम्मरमा परेको महसुस भएमा भने त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिन पनि उनिहरुले सुझाव दिएका  छन् ।

ब्रिटेनमा प्रत्येक वर्ष २२५ शिशु मृत रुपमा जन्मिने गर्दछन् । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १३० शिशुको ज्यान जोगाउन सकिने छ । माइनेस स्टडी एक उपल्लो स्तरको अध्ययन हो जुन ब्रिटेनको स्त्री एवंं प्रसूतीसँग सम्बन्धित अखबारमा हालै छापिएको छ । यो शोधले अष्टे«लिया तथा न्यूजीरल्याण्डमा गरिएका यसैविषयका अध्ययनहरुको पनि पुष्टि गर्ने बीबीसीले उल्लेख गरेको छ । यो रिसर्चलाई प्रोफेसर एलेक्जेण्डर हीजलको नेतृत्वमा पूरा गरिएको हो जो टाँमिल स्टिलबर्थ रिसर्च सेण्टरका निर्देशक समेत हन् । 

अध्ययनका क्रममा समावेश गरिएका गर्भवती महिलाहरुलाई खासगरी तपाईको सुताइएको पोजिन कस्तो छ भनी सोधिएको थियो । शोधकर्ताले गर्भवती महिलाहरुलाई यो सुझाव दिएका छन् कि तपाई कस्तो पोजिनमा उठ्नुहुन्छ त्यतातिर पटक्कै ध्यान नदिनुहोस् तर तपाई कस्तो पोजिनमा सुत्नुहुन्छ त्यसतर्फ भने खुब चनाखो हुनुहोस् ।

शोधकर्ताहरुले दाबीका साथ नबताएपनि आँकडाहरुले सुताइका कारण  मृत बच्चा जन्मने खतरा अधिक हुने देखाएको बताएका छन् । जब कोही गर्भवती महिला कम्मरको बलमा सुत्छिन् तब बच्चा तथा गर्भाशयको कारण रक्तनलीमा दबाब सिर्जना हुने गर्दछ र बच्चालाई रगत तथा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन् जस्काकारण शिशुको मृत्यु हुन सक्दछ ।

शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् ।जुन यहाँ प्रस्तुत गरिन्छ ।

  • कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहिजो होस्। 
  • राति निद्राबाट बिउँझिदा चेक गरौं कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौं ।
  • दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै  गरौं।
  • यदि रातमा ब्युझिँदा तपाईलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन् ।
  • तपाई दायाँ तथा बायाँ जतापनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने  परिवर्तन गरिरहनुहोस् ।
     
Last modified on 2017-11-22 07:49:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts