सुत्केरीको ज्यान बचाए उम्मेदवारले



Download our app to get more features

रुकुम, ७ मंसिर । सुत्केरी बेथाले घरमै ग्रस्त पश्चिमकी एक महिलाको ज्यान नेपाली काँग्रेसका एक जना उम्मेदवारले बचाएका छन् । काँग्रेस रुकुम पश्चिममा प्रदेश सभा ‘ख’ का उम्मेदवार खड्कबहादुर डाँगीले त्रिवेणी गाउँपालिका–४ की मीना केसीको ज्यान बचाए । 

आर्थिक अवस्था कमजोर भएका कारण घरमै सुत्केरी बेथा शुरु भए पनि उनलाई स्वाथ्य चौकी पु¥याउन समस्या भएको थियो । उम्मेदवार डाँगी चुनावी प्रचारको सिलसिलामा त्यहाँ पुग्दा छटपटाइरहेको देखेपछि आफ्नै गाडीमार्फत केसीलाई उपचार गर्न जिल्ला अस्पताल सल्लेमा पु¥याएका थिए । 

नाजुक बन्दै गएको मीनाको स्वास्थ्य अवस्था अस्पताल पुगेपछि अहिले सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । मत माग्नका लागि भन्दा पनि मानवीय सेवाका लागि आफूले मीनालाई आफ्नै खर्चमा अस्पतालसम्म पु¥याएको उम्मेदवार डाँगीले बताए ।

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts