तपाईलाई पनि भएको हुन सक्छ साइलेण्ट हर्ट अट्याक !

विना दुखाइ हृदयघात हुने संभावना ४५ प्रतिशत



Download our app to get more features

बीबीसी,८ मंसिर । हृदयघात  हुँदाका समयमा देखिने सबैभन्दा ठूला लक्षणका रुपमा टाउको अत्याधिक दुख्नुलाई लिने गरिन्छ ।

अधिकाँश चलचित्रहरुमा यदि कसैलाई हृदयघातहुँदै छ भने उस्ले आफ्नो टाउको जोड–जोडले समातेको दृश्य देख्न पाइन्छ । यति मात्र होइन उस्का आँखामा एक प्रकारको अत्यास देख्न सकिन्छ र व्यक्ति भूईमा पछारिन्छ । यसकारण पनि हामी सबैलाई हृदयघात हुने बेलामा यस्तै हुन्छ भन्ने दृश्य आँखामा आइहाल्छ । हृदयघात अघि सधै यी र यस्तै लक्षण देखा नर्पन पनि सक्ने एक अध्ययनले देखाएको छ  । 

जब मुटुसम्म रगतको आपूर्ति हुन पाउँदैन् तब हृदयघात हुने गर्दछ । सामान्यतया मुटुसम्म बग्ने रगतमा केही कारणबश रोकावट भई हृदयघात हुने गर्दछ जस्का कारण हृदयघात हुनुअघि जोडले टाउको दुख्ने गर्दछ । तर कहिलेकाँही कुनै पीडा बिना पनि हृदयघात हुने गर्दछ । त्यस्तै कहिलेकाँही एकदमै हलुका दुखाई भई हृदयघात भइरहेको हुन्छ त्यतिबेला आमरुपमा मानिसहरुले अपच तथा ग्यास्टिकका कारण यो दुखाई भएको सम्झिन्छन् र हल्का रुपमा लिने गर्दछन् । तर कुनै बेला अस्पतालमा इसीजी गर्न पुग्दा मात्र पत्ता लाग्दछ की यसअघि आफूलाई हृदयघात भइसकेको रहेछ भनेर । यस्तो हृदयघातलाई साइलेण्ट हृदयघात भन्ने गरिन्छ ।

सन् २०१६ मा प्रकाशित एक शोधका अनुसार हृदयघातका ४५ प्रतिशत घटना साइलेन्ट हर्ट अट्याक हुने गरेका छन् । हुनत यो शोधको आँकडा सन १९९० बाट नै संकलन गरी अध्ययनका क्रममा समावेश गरिएका कारण यस्लाई शतप्रतिशत नै ठीक मान्न सकिन्न किनभने हृदयघातको निदानमा धेरै सुधार आइसकेको छ । तर अहिलेपनि धेरै मानिसहरुले थाहा नै पाएका हुदैनन् की उनीहरुलाई साइलेन्ट हर्ट अट्याक भएको छ । कयौं पटक बिरामीको गर्दन, पेट तथा पिठ्यूमा दुखाई महसुस हुने गर्दछ, श्वास  लिन असजिलो महसुस हुने गर्दछ, कमजोरी महसुस हुने गर्दछ, चक्करआउने गर्दछ, पसीना धेरै आउने, उल्टी हुने, तर टाउको भने नदुख्ने गर्दछ जस्का कारण हृदयघातको शंका नगर्ने गरिएको हुन्छ ।

सामान्यरुपमा यो मानिन्छ की विना टाउको दुखाइ हुने हृदयघात महिलाहरुमा बढी हुने गर्दछ र उनीहरुलाई निकै ढिलोमात्र डाक्टरको मद्दत मिल्ने र बाँच्ने सम्भावना निकै कम हुने बताइएको छ । यो मान्यताका बारेमा क्यानडाका शोधकर्ताहरुले सन २००९ मा हृदयघातका क्रममा देखिने लक्षणको मापनका लागि एन्जियोप्लाष्टी गराइरहेका ३०५ जना बिरामीलाई समावेश गरी अध्ययन गरेका थिए ।

एन्जियोप्लाष्टीमा बन्द रक्तवाहिनी नलिमा एकसानो बेलुन घुसाएर त्यसलाई पछि खोल्न मिल्ने गरी फुल्लाउने गरिन्छ । यस प्रक्रियाको लक्षण हृदयघातका लक्षणहरुसँग धेरै मात्रामा मिल्ने गर्दछन्। यसकारण शोधका क्रममा जब रक्तबाहिनी नलिको भित्र बेलुन फुल्लाइएको थियो र सहभागीलाई सोधिएको थियो की तपाईलाई कस्तो महसुस भइरहेको छ ? । टाउकोमा बेचैन, हातमा दुखाई, श्वास लिनमा कठिनाई, पसीना आउने जस्ता लक्षण शोधमा सहभागी पुरुष तथा महिला दुवैमा झण्डै समान प्रकारका लक्षणहरु देखा परेका थिए । तर पनि महिलाहरुले भने टाउको दुखाईका साथमा गर्दनको दुखाई पुरुषको तुलनामा बढी महसुस भएको पाइएको थियो । 

पछि पनि यसविषयमा अरु पनि अध्ययन गरिए यो मान्यताप्रति कुनै ठोस  नतीजा निस्किएन । फेरी सन २०११ मा व्यापक समीक्षा गरियो जस्को एक मात्र उद्देश्य यो थियो की, हृदयघातका क्रममा महिला तथा पुरुषको अनुभवमा केही अन्तर छ की छैन् ? उक्त समिक्षामा अमेरीका, जापान, स्वीडेन, तथा क्यानेडाका अध्ययनहरुलाई समावेश गराइएको थियो । सबैभन्दा ठूलो भनिएको यस अध्ययनमा ९ लाख भन्दा पनि धेरै मुटुरोगीका बारेमा समीक्षा गरिएको थियो । त्यसैगरी २६ वटा सर्वोत्कृट आँकडालाई अध्ययनको आँकडाका रुपमा लिइएको थियो र ति आँकडालाई एक आपसमा मिश्रण गरी फेरी  दोहोराएर विश्लेषण गरिएको थियो । 

सो समिक्षाले हृदयघातका क्रममा महिलाहरुले टाउको दुखाई, पुरुषको तुलनामा बढी महसुस गर्ने तर थकान,, चक्कर, गर्दनको दुखाइ, हात तथा पाखुराको दुखाइ, पुरुषको तुलनामा कम महसुस गर्ने निष्कर्ष निकालेको थियो । तर अध्ययनका क्रममा यो पनि भेटिएको छ की  महिला तथा पुरुष दुवैले टाउकोमा दुखाइ महसुस गर्ने गर्दछन् तर पुरुषको तुलनामा केही बढी । यसैगरी अध्ययनका क्रममा ३३ प्रतिशत महिला तथा २५ प्रतिशत पुरुषको हृदयघातका क्रममा कुनै प्रकारको टाउको दुखाइ, जलन या बेचैनीको महसुस नै भएको थिएन जस्का कारण उनीहरुले आफूलाई साइलेन्ट हर्टअट्याक भएको पत्तो समेत पाएका थिएनन् ।
 
 

Last modified on 2017-11-25 13:53:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts