डा. संगीता भण्डारीको प्रभावमा स्वास्थ्य मन्त्री

एक महिनामा तीन पटक सिनेट बैठक बोलाउन दबाब



Download our app to get more features

काठमाडौं, ३ पौष । स्वास्थ्य मन्त्री  दिपक बोहोरा यतिबेला डा. संगिता भण्डारीको दबाब र प्रभावमा परेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टर भण्डारीको प्रभावमा परी बोहोरा नीयम बिपरीत काम गर्न थालेको पाइएको छ । 

भण्डारी केही दिन अघि मात्रै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएकी छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियारलाई असफल बनाउने खेलमा लागेकी भण्डारीले स्वास्थ्य मन्त्री बोहोरा प्रयोग गरेको मन्त्रालयकै उच्च स्रोतको भनाइ रहेको छ । 

स्वास्थ्य मन्त्रीले रौनियारलाई दुख दिने नियम विपरित महिनामा तीन पटकसम्म सिनेट बैठक बोलाउन निर्देशन दिएका छन् । तर, रौनियार निकट स्रोत भने, दुख दिने उदेश्य मात्रै नभएको दाबी गर्छ । वीपी केएचएस स्रोत भन्छ, ‘मन्त्रीले जाने बेलामा आर्थिक प्रलोभनमा दुख दिनु एउटा पाटो हो तर, डा. संगिता भण्डारीको उक्साहटमा लागेर हटाउने योजना हुन सक्छ ।’ मन्त्री बोहोराले नियम विपरीत सिनेट बैठक राख्न निरन्तर दबाब दिएपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा राजकुमार रौनियार यतिवेला फोन अफ गरेर सम्पर्क विहीन भएका छन् । 

मन्त्रालयमा बसेर उपकुलपतिको ड्राईभरलाई फोन
डा. संगिता भण्डारीले रौनियार हटाउन बहुमत जुटाउन मन्त्रालयबाटै गृहकार्य गरेको खुल्न आएको छ । मन्त्रीको सचिवालयमा उपकुलपति रौनियारका ड्राइभरको नम्बर दिएर फोन गर्न भण्डारीले लगाएको खुलेको छ । नाम उल्लेख नगर्ने सर्तमा बीपि केएचएसका एक ड्राइभरले भने, ‘मलाई स्वास्थ्य मन्त्रालयबाट फोन आएको थियो । बोड सदस्यहरुको नम्बर उपलब्ध गराईदिनुस भने । म ड्राइभरले कसरी र किन नम्बर उपलब्ध गराउने ।’ डा. भण्डारीले बेलुका फोन गरेर तिमीलाई मन्त्रालयबाट फोन आयो भनेर सोधेकी थिईन । उनले आफुले नम्बर दिएको पनि बताईन । भण्डारीले मन्त्री देखि ड्राईभर सम्म प्रयोग गरेर रौनियार फसाउन खोजेको मन्त्रालय स्रोत बताउछ । स्वास्थ्य मन्त्री गगन थापाको पालामा भिसि नियुक्त गर्ने बेला भण्डारी पनि प्रतिस्पर्धामा थिईन । तर, यस अघिनै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुँदा असक्षम ठहरीएकाले उनलाई उपकुलपति बन्न रोक लगाइएको थियो । 

एक महिनामा तीन पटक सिनेट  
सिनेट बैठक बस्नका लागि २१ दिनको पुर्व सुचना दिनुपर्छ । अझ काम चलाउ सरकारले सिनेट बैठक राखेर कुनै निर्णय गर्न पाईदैन । सिनेट बैठक आपत्कालीन अवस्था र कुनै प्रकारको ठुलो निणय गर्नु परेको खण्डमा २१ दिन अगावै सुचना निकालेर बोलाईन्छ । तर, स्वास्थ्य मन्त्री बोहोराले एक महिनाको अन्तरालमा तीन पटक सिनेट बोलाउन ताकेता गरेका छन् । यो नियम संगत छैन स्वास्थ्य मन्त्रालयले भनेको छ । अहिले सम्म कुनै पनी मन्त्रीले यसरी महिनामा तीन पटक सिने बैठक बोलाएको जानकारीमा छैन ।  सिनेट बैठक बोलाउने सम्बन्धी प्रतिष्ठानको नियमावली २०५५ को नियम ३ र ४ मा भनिएको छ, सिनेट बैठक बोलाउँदा २१ दिन अगावै सबै सदस्यलाई सुचना दिनुपर्छ ।  प्रतिष्ठानको ४० औं सिनेट बैठक गत कात्तिक ३० गते सम्पन्न भइसकेको छ । त्यसलगत्तै मन्त्रीले पुनः मंसिर २५ गते सिनेट बैठक बोलाउन पत्र पठाए । उपकुलपति बिदामा भएको जवाफ आएपछि फेरी आगामी पुष १२ गतेका लागि मन्त्रीले सिनेट बैठक बोलाएको बताएका छन् । स्रोतका अनुसार भिसि यसपटकको बैठक पनि नबोलाउने यदि दबाव दिए कानुनी बाटो रोज्ने पक्षमा देखिएका छन् । 
 

Last modified on 2017-12-19 14:31:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts