यसकारण गराउने शिशुलाई स्तनपान 



Download our app to get more features

काठमाडौं,३ पुष । आमाको दुधमा शिशुलाई आवश्यक पर्ने प्रोटिनको पूर्णमात्रा हुन्छ ।

आमाको दुधबाट पाउने प्रोटिन शिशुले सजिलै पचाउन सक्ने हुँदा उसका लागि आमाको दुधको विकल्प छैन । जनावरको दुधमा प्रोटिनको धेरै हुन्छ जसले गर्दा शिशुलाई पचाउन गाह्रो हुन्छ । यस्तै पाउडर दुधमा कृत्रिम प्रोटिन मिसाइएको हुन्छ । जसलाई सबै शिशुले पचाउन सक्दैनन् । यसबाहेक आमाको दुधबाट शिशुले निम्न तत्व पाउँछन् ।

चिल्लो पदार्थ 
आमाको दुधमा प्रप्र्यात मात्रामा fatty acids र पचाउनको लागि lipase हुन्छ । 
जनावरको दुध र पाउडर दुधमा अत्यावश्यक fatty acids / lipase
भिटामिन
आमाको दुधमा प्रर्याप्त भिटामिन हुन्छ ।
जनावरको दुधमा ए र सी भिटामिन पर्याप्त हुँदैन् । 
पाउडर दुधमा भिटामिन पछि थपिन्छ । जुन नवजात शिशुका लागि घातक हुनसक्छ । 

खनिज पदार्थ 
आमाको दुधमा खनिज पदार्थको सही मात्रामा हुन्छ । 
जनावरको दुधमा अति धेरै हुन्छ भने पाउडर दुधमा थप गरेर हालिन्छ । 
ल्याक्टोज
आमाको दुधमा पर्याप्त ल्याक्टोज हुन्छ । जनावरको दुधमा थोरै हुन्छ भने पाउडर दुधमा थप गरिएको हुन्छ ।
आइरन
आमाको दुधमा पर्याप्त मात्रामा हुन्छ र शरीरले राम्रोसँग सोस्छ । 
जनावरको दुधमा थोरै हुन्छ र शरीरले राम्रोसँग सोस्दैन ।
पाउडर दुधमा थप गरेर राखिएको हुन्छ र शरीरले राम्रो संग सोच्दैन ।
पानी 
आमाको दुधमा पानी पर्याप्त हुन्छ भने जनावर र पाउडर दुधमा पानीको मात्रा कम हुन्छ । 
वृद्धि विकास गराउने तत्व
आमाको दुधमा पर्याप्त हुन्छ भने जनावर र पाउडर दुधमा हुँदैन । 
रोग प्रतिरोधात्मक गुण 
आमाको दुधमा रोग प्रतिरोधात्मक गुण हुन्छ भने जनावरको दुध र पाउडर दुधमा त्यस्तो गुण हुँदैन । 
ब्याक्टेरियाको संरक्रमण आमाको दुधमा ब्याक्टेरियाको संक्रमण कति पनि हुँदैन । 
जनावरको दुध र पाउडर दुधबाट हुनसक्छ । 
किनकि स्तनपानले मात्र शिशुको शरीरको पोषण आवश्यकता सही मात्रामा पुर्याउन सक्छ । शिशुलाई सही तरिकाले स्तनपान गराए दुध पुग्ने गरी निरन्तर आइरहन्छ । 

Last modified on 2017-12-19 09:17:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts