यस्तो छ स्वास्थ्यको संघीय नीति

कार्यान्वयनदेखि नियमनसम्म प्रदेशलाई अधिकार



Download our app to get more features

काठमाडौं, ११ पौष । संघीय संरचनामा स्वास्थ्यको ढाँचा कास्तो हुने भन्नेमा अझै अन्यौल देखिएको छ ।

संघीयतामा कर्मचारी जान मानेका छैनन् भने काम कर्तव्य र अधिकारका बिषयमा पनि अन्तिम टुङ्गो लागेको छैन । अधिकांश कामहरु स्थानीयतहलाई हस्तान्तरण गरेपनि काम हुन नसकेपछि स्वास्थ्य मन्त्रालय समस्यामा देखिएको छ ।

अत्यावश्यक औषधि समेत खरिद गर्न नसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताए । औषधि खरिदको जिल्मा स्थानीयतहलाई दिदां खरिद गर्न नसकेको मन्त्रालय बताउँछ । उच्च स्तरीय स्वास्थ्य नीति तथा पुनःसंरचना समन्वय समितिले  स्वास्थ्य सेवाको संघीय स्वरूप तयार गरि तीन तहमा सेवा दिने उल्लेख गरेको छ । 

संघको एकल अधिकार भित्र के के पर्छन ? 
—स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति, कानुन, गुणस्तर मापदण्ड, योजना र नियमन 
— राष्ट्रियस्तरमा प्रवद्र्वनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको विकास र प्रवद्र्वन  
— अस्पताल एवं स्वास्थ्य संस्था प्रत्यायन
—स्वास्थ्य सम्वन्धी प्राज्ञिक, व्यवसायिक र पेशागत संघ संस्थाको मापदण्ड निर्माण र नियमन
—स्वास्थ्य प्रतिष्ठानहरूको स्थापना, सञ्चालन एवं नियमन 
— राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पतालको दर्ता, सञ्चालन अनुमति, भौतिक पूर्वाधार, व्यवस्थापन र नियमन
— खानेपानी, खाद्यपदार्थ र हावाको गुणस्तरीयता अनुगमन तथा लेखाजोखा ढाँचा एवं गुणस्तरको मापदण्ड निर्धारण 
—स्वास्थ्य क्षेत्रको जलवायु परिवर्तन अनुकुलनको ढाँचा निर्माण, कार्यान्वयन, समन्वयन र नियमन
— जनस्वास्थ्य आपत्कालीन अवस्था, स्वास्थ्य क्षेत्रमा विपद् र महामारी व्यवस्थापन 
— औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य प्रविधिको उत्पादन र विकास, संचय, बिक्रि वितरण, अन्तिम बिसर्जन (डिस्पोजल) सम्बन्धि गुणस्तर मापदण्ड निर्माण र नियमन 
— अन्तराष्ट्रिय स्वास्थ्य नियमन, स्वास्थ्य सम्बन्धी सन्धि संझौता तथा विकास साझेदारसँगको सम्पर्क, समन्वय र सहकार्य 
— आयुवेर्दिक युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा नीति तथा मापदण्ड निर्धारण
— औषधी निगरानी र नियमन
— औषधी खरिद तथा आपूर्ति व्यवस्थाको मापदण्ड र नियमन (प्रदेश सरकारको क्षमता विकास नभएसम्म खोप, परिवार नियोजन सामग्री र संवेदनशील औषधीको खरिद साविक बमोजिम संघबाट नै गर्ने)  
—सरूवा तथा नसर्ने रोग रोकथाम  तथा नियन्त्रण  सम्वन्धी नीति तथा मापदण्ड निर्धारण
—स्वास्थ्य पर्यटन सम्वन्धी नीति, कानुन, मापदण्ड र नियमन
—स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा सम्वन्धी नीति, कानुन, मापदण्ड र नियमन
—स्वास्थ्य क्षेत्रको मानवस्रोत विकास र व्यवस्थापन 
—स्वास्थ्य सेवा तथा बस्तुको शुल्क सम्बन्धि राष्ट्रिय मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन 
—स्वास्थ्य सम्बन्धि अध्ययन, अनुसन्धान र नियमन 
— जडीबुटीको औषधिय अनुसन्धान 
—स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन र स्वास्थ्य लेखा पद्दती 
— राष्ट्रिय एवं अन्तराष्ट्रिय चासोका जनस्वास्थ्य समस्याको निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
— आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको बफरस्टक व्यवस्थापन
— आधारभूत स्वास्थ्य सेवाको क्षेत्र निर्धारण 
— आकस्मिक स्वास्थ्य सेवा प्रवाह संघ मार्फत गर्ने .
— आधारभूत स्वास्थ्य सेवाको मापदण्ड निर्धारण
— विभिन्न तहमा आवश्यक पर्ने स्वास्थ्य सेवाको प्रोटोकल निर्माण 
— राष्ट्रिय रिफरेन्स प्रयोगशाला र परीक्षण केन्द्रको  स्थापना र सञ्चालन 
— राष्ट्रिय रिफरल पद्दतिको विकास

संघ र प्रदेशको साझा अधिकारर साझा अधिकार 
—  योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन
—  राष्ट्रियस्तरमा जनसंख्यासम्बन्धी अध्ययन, अनुसन्धान एवं प्रक्षेपण
— बसाइसराइ सर्वेक्षण तथा स्थिति बिश्लेषण 
— जनसङख्या चाप सूचाङ्क तथा प्रोफाइल
— राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सम्पर्क र समन्वय
— जनसङ्ख्यासम्बन्धी मानव संसाधन व्यवस्थापन
— राष्ट्रियस्तरमा जनसङ्ख्या सूचना प्रणाली स्थापना तथा सञ्चालन
— कानून व्यवसाय, लेखापरीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा सम्बन्धी नीति, मापदण्ड, वर्गीकरण र नियमन 
— मापदण्ड र वर्गीकरण बमोजिम पेशागत इजाजत अनुमती

प्रदेशको एकल अधिकार भित्र केके रहने ?
—स्वास्थ्य सेवा सम्बन्धी प्रादेशिक नीति, कानुन, गुणस्तर मापदण्ड, योजना, कार्यान्वयन र नियमन 
— प्रदेशस्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थानात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको व्यवस्थापन
—स्वास्थ्य सेवा सम्वन्धी प्रदेशस्तरीय प्राज्ञिक, व्यवसायिक र पेसागत संघ संस्थाको दर्ता, सञ्चालन अनुमति र नियमन
— प्रदेशस्तरीय उपचार केन्द्र तथा सेवाको गुणस्तर निर्धारण, दर्ता, सञ्चालन अनुमति, व्यवस्थापन र नियमन 
— राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सामग्री उत्पादन, संचय, अधिकतम खुद्रा मूल्य, अन्तिम विसर्जन सम्बन्धी गुणस्तर मापदण्ड, दर्ता, सञ्चालन अनुमति, र नियमन 
— अन्तरप्रदेश र निकायगत सहकार्य तथा समन्वय
— राष्ट्रिय मापदण्ड अनुरुप ५०० शैयासम्मका जनरल अस्पताल र नर्सिङ्ग होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
— खानेपानी, खाद्य पदार्थ र हावाको गुणस्तरीयता अनुगमन तथा लेखाजोखा ढाँचा एवं गुणस्तरको मापदण्ड र कार्यान्वयन
— प्रादेशिक कार्यक्रमहरुको कार्यान्वयन, निगरानी तथा अनुगमन
— प्रदेशस्तरीय स्वास्थ्य पर्यटन सम्वन्धी नीति, कानुन, व्यवस्थापन र नियमन 
— राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन 
— प्रदेशस्तरीय स्वास्थ्य क्षेत्र मानवस्रोत विकास र व्यवस्थापन 
— औषधी निगरानी औषधिको उचित प्रयोग र सुक्ष्मजीवनिरोधक प्रतिरोध न्युनीकरण
— खोप र परिवार नियोजन लगायतका गुणस्तर संवेदनशील औषधि तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन प्रदेशस्तरीय अनुसन्धानका प्राथमिकता निर्धारण, अध्ययन तथा अनुसन्धान तथा सूचना प्रवाह  
— प्रदेशस्तरमा स्वास्थ्य सूचना प्रणाली तथा स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन
— प्रदेशस्तरीय जनस्वास्थ्य निगरानी व्यवस्थापन
— आयुर्वेद  र अन्य प्रचलित स्वास्थ्य सेवा सम्बन्धि प्रदेशस्तरीय मापदण्ड र व्यवस्थापन
—सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको मापदण्ड, नियन्त्रण तथा नियमन
— निदान केन्द्र तथा प्रयोगशाला सेवाको अनुमति, सञ्चालन  र विस्तार
— जनस्वास्थ्य आपत्कालीन अवस्था, स्वास्थ्य क्षेत्रमा विपद् र महामारी व्यवस्थापन 
—स्वास्थ्य क्षेत्रको जलवायु परिवर्तन अनुकुलन ढाँचा कार्यान्वयन 
—सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
— राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्बन्धि भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
—स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्वन्धी मापदण्ड निर्धारण र नियमन
— आपतकालीन अवस्थाका लागि औषधी तथा औषधिजन्य सामग्रीको प्रादेशिक बफरस्टक व्यवस्थापन
— आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन
— आकस्मिक स्वास्थ्य सेवा प्रवाह
— प्रदेशका क्षेत्रगत आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन
— आयोजनाको प्रतिफल समीक्षा 
— प्रादेशिकस्तरमा गैरसरकारी सङ्घसंस्थाद्वारा सञ्चालित जनसङ्ख्यासम्बन्धी कार्यक्रमको सहजीकरण र नियमन
— प्रादेशिकस्तरमा गैरसरकारी सङ्घसंस्थाद्वारा सञ्चालित जनसङख्यासम्बन्धी कार्यक्रमको सहजीकरण र नियमन
— प्रादेशिकस्तरमा जनसङख्या सूचना प्रणाली स्थापना तथा सञ्चालन
—संघले निर्धारण गरेको मापदण्ड र वर्गीकरण बमोजिम पेशागत अनुमति
—  परिवार नियोजन र जनसंख्या व्यवस्थापन
— जनसंख्या परिवार नियोजन सम्बन्धि प्रादेशिक नीति, कानुन, योजना, कार्यान्वयन र नियमन 
— प्रादेशिकस्तरमा जनसङख्यासम्बन्धी अध्ययन तथा अनुसन्धान र जनसाङ्खिक विश्लेषण
— प्रादेशिकस्तरमा बसाइसराइ विश्लेषण
— प्रादेशिकस्तरमा जनसङख्या चाप सूचाङ्क तथा प्रोफाइल
— प्रादेशिकस्तरमा जनसङख्या सम्न्धि क्षमता अभिवृद्धि
— प्रादेशिकस्तरमा जनसङख्या सम्बन्धि राष्ट्रिय एवं प्रादेशिक संस्थाहरुसँगको सम्पर्क र समन्वय

स्थानीय तहको अधिकार के ?
—आधारभूत स्वास्थ्य र सरसफाई सम्वन्धी नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन तथा नियमन  
—आधारभूत स्वास्थ्य सेवा संचालन र प्रवद्र्वन  
—अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
— स्वास्थ्य सेवा सम्बन्धि भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
—स्वस्थ खानेपानी र खाद्यपदार्थको गुणस्तर एवं वायु प्रदूषण नियन्त्रण
— सरसफाई सचेतना अभिवृद्धि र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन
—फोहरमैला संकलन, पुर्नरउपयोग, प्रशोधन, विसर्जन, सेवा शुल्क निर्धारण र नियमन
—राष्ट्रिय तथा प्रादेशिक लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको लक्ष्य र गुणस्तर निर्धारण 
—स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा स्कीम व्यवस्थापन 
—स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम मूल्य निर्धारण तथा नियमन
—स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सुक्ष्मजीवनिरोधक प्रतिरोध न्युनीकरण 
 —स्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र बितरण
—स्थानीय स्थानीयस्तरमा स्वास्थ्य सुचना प्रणाली व्यवस्थापन 
—स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
—राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरुप १०० शैयासम्मका जनरल अस्पताल, र नर्सिङ्ग होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
—स्थानीयस्तरमा स्वास्थ्य पर्यटन प्रवर्द्धन र पर्यटक स्वास्थ्य सेवा 
—स्थानीयस्तरमा औषधिजन्य बनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण 
—स्थानीयस्तरको प्रर्बधनात्मक र प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थानात्मक र प्यालिएटिभ  स्वास्थ्य सेवा सञ्चालन
—स्वस्थ पोषण, शारीरिक ब्यायाम, स्वस्थ जीवनशैली लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन  
—जुनोटिक र किटजन्य रोग नियन्त्रण तथा व्यवस्थापन
—सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
—आयुर्वे्दिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन
—स्थानीयस्तरमा जनस्वास्थ्य आपत्कालीन स्वास्थ्य, महामारी नियन्त्रण योजना र कार्यान्वयन 
—स्थानीयस्तरमा सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम
—आकस्मिक स्वास्थ्य सेवा प्रवाह

Last modified on 2017-12-27 11:15:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts