अन्तराष्ट्रिय दन्तरोग विशेषज्ञ सम्मेलन हुँदै



Download our app to get more features

काठमाडौँ, २१ पुस (रासस) : दन्तरोग उपचारमा प्रयोग हुने नविनतम प्रविधि र त्यसको उपचार विधिबारे छलफल गर्ने उद्देश्यले नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको पाँचौँ राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा हुने भएको छ । 

यही पुस २८ र २९ गते हुने सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्याण्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, तार बाँध्ने उपचारलगायतका विषयमा शोधपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ । 

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी २०० भन्दाबढी दन्तरोग विशेषज्ञको सहभागिता हुने सो सम्मेलनमा स्नातकोत्तरमा अध्ययनरत दन्त चिकित्सकले प्रतियोगितात्मक पोष्टर तथा शोधपत्रसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रचारप्रसार प्रमुख तथा दन्तरोग विशेषज्ञ डा प्रकाश बुढाथोकीले जानकारी दिए ।  
सम्मेलनमा व्यापार प्रदर्शनीसमेत हुने बताइएको छ । 
 

Last modified on 2018-01-05 08:05:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts