प्रधानन्यायाधीशको राजीनामा माग्दै प्राडा गोविन्द केसी अनसनमा

What's This?


Download our app to get more features

काठमाडौं, २४ पुष । त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीले सोमबार दिउँसो ४ बजेदेखि १४औं पटक अनसन सुरु गरेका छन् ।

सरकारले बर्खास्त गरेका आइओएमका डीन डा. शशी शर्मालाई सर्वोच्च अदालतले आइतबार पुनर्वहालीको आदेश दिएपछि सो आदेशको विरोध र प्रधानन्यायाधीस गोपाल पराजुलीको राजिनामासहित पाँच बुँदे माग राख्दै  प्राडा केसी अनसनमा बसेका हुन् । 

अनसन बस्नु अघि आयोजित पत्रकार सम्मेलनमा उनले न्यायालयमा न्याय किनबेच भएको आरोप लगाएका थिए । सोही कारण प्रधानन्यायाधीश पराजुलीले गरेका कामको पनि छानबिन गर्नुपर्ने मागमा उनले गरेका छन् । उनले सार्वजनिक गरेका मागमध्ये पहिलो नम्बरमै न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधानन्यायाधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् भनि उल्लेख छ । साथै प्राडा. केसीले चिकित्सा शिक्षा आयोग तत्काल गठन गर्नुपर्ने, आइओएसमका डीनमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । कार्यक्रममा डा. केसीले सर्वोच्चले पुनर्वहाली गरे पनि डा. शर्मालाई आफूले डिन नमान्ने बताएका थिए । 

तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले डा. शशी शर्मालाई डीनबाट बर्खास्त गरेका थिए । त्यसविरुद्ध डा. शर्मा अदालत गएका थिए । आइतबार उनलाई सर्वोच्च अदालतले पुर्नबहालि गरेको थियो ।
 

Last modified on 2018-01-08 23:13:08

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts