डा. केसीलाई पक्राउ गरी अदालत हाजिर गराउन सर्वोच्च अदालतको आदेश



Download our app to get more features

काठमाण्डौ । सर्वोच्च अदालतले आजदेखि अनशनमा बसेका डा. गोविन्द केसीलाई अवहेलना मुद्दामा पक्राउ गरेर अदालतमा पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले भोलि विहान ९ बजे केसीलाई अदालतमा उपस्थित गराउन प्रहरीलाई भनेको छ ।

डा केसीको अनशनका बोमा आएका विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमा भ्र्र्र्रम परेको र न्याय प्रणाली विरुद्ध गएको भन्दै अदालतले अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो भन्दै  डा. केसीलाई मंगलबार र विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउने आदेश दिएको हो ।

आजदेखि अनशन थालेका डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुली माफियाको डन भएको र अदालत न्यायको किनबेच गर्ने ठाउँ भएको आरोप लगाएका थिए ।  

यस्तो छ आदेश

 

Last modified on 2018-01-08 23:12:50

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. २०६५ साल जेष्ठ १५ गते संविधान सभाको पहिलो वैठकले विधिवत् रुपमा राजतन्त्रको अन्त्य गर्र्याे । आज एक सरकारी कर्मचारी आफुलाई राजा र संविधान भन्दा पनि माथि राखी न सरकारले गरेको निर्णय मान्न तयार हुन्छ न न्यायलयको निर्णय मान्न तयार भयो । अहिले हुदाहुदा सम्मानित प्रधानन्याधिश समेतलाई न्यायलयवाट निकाल्छु भन्ने अभिव्यक्ति दिदा पनि अझै सरकारी जागिरमा वसिरहेको छ । यदि कानुनी राज्य छ भने उक्त कर्मचारीलाई तुरुन्तै पदवाट वर्खास्त गर्दै देशद्रोहको मुद्धा चलाई भविष्यमा कुनै पनि सरकारी निकायका योग्य नठहरिने गरि कार्वाही गर्न म एक सचेत नागरिकको हैसियतले नेपाल सरकार समक्ष जोडदार माग गरेको पुरा भयो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts