डा. केसीलाई पक्राउ गरिएकोप्रति प्रधानमन्त्री असन्तुष्ट



Download our app to get more features

डा. गोविन्द केसीलाई पक्राउ गरिएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । गृहमन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले आफुलाई कुनै जानकारी नै नगराई रातारात पक्राउ गरिएको भन्दै प्रहरी प्रमुखसँग सोधखोज गरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताएका छन् । 

भोलि बिहान ९ बजे अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिए अनुसार केसी आफै अदालत जानेभन्दै प्रधानमन्त्रीले तत्काल अपराधीको शैलीमा पक्राउ गरिएको प्रति असन्तुष्टि जनाएको बुझिएको छ । 

Last modified on 2018-01-09 08:46:10

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts