सर्वोच्च अदालतमा डा. के सीले दिएको बयान यस्तो छ

What's This?


Download our app to get more features

काठमाडौं, २५ पुष । अदालतको अवहेलना आरोपमा सोमबार राती पक्राउ परेका प्राडा गोविन्द केसीले मंगलबार दिउँसो सर्वोच्च अदालतमा बयान दिएका छन् । उनले बयानका क्रममा आफू सम्माननीय अदालतको विरुद्धमा नरहेको तर सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको भष्ट्र व्यवहारको विरुद्धमा रहेको जनाएका छन् ।
उनले अदालतमा दिएको बयानको पूर्ण पाठ यस्तो छ : 

 

अदालतको आदेशलाई खण्डन गर्ने मेरो मुख्य आधारहरु देहाय अनुसार छन् :

१. प्रधानन्यायाधीश गोपाल पराजुलीले २ ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन् । कुनै पनि व्यक्तिले एउटाभन्दा बढी नागरिकता लिने कार्य अपराध हो , अनैतिक र गैरकानुनी हो । त्यसैले निजमाथि न्यायिक छानविन गरी कारवाही हुनुपर्दछ ।

 २. नागरिकता २ ठाउँबाट मात्रै लिएका छैनन उनले उमेर समेत सच्याएका छन् । पछिल्लो पटक काठमाडौंबाट नागरिकता लिएको आधारमा उनी हालसम्म पनि प्रधानन्यायाधीश पदमा आसिन छ । तर उनको शुरुको नागरिकताको आधारमा उनी २०७४ असारमै ६५ बर्ष उमेर पुगिसकेका छन् । यस विषयमा छानविन होस् ।  ६५ बर्ष उमेर पूरा भएर पनि प्रधानन्यायाधीश पदमा बसिरहनु गैरकानुनी काम हो । ओहदाको दुरुपयोग हो । यस किसिमको कार्य भनेको न्याय बेचविखन गर्नु सरह हो । 

३. गोपाल पराजुलीले लोकमानसिंह कार्कीलाई गलत कानुनी आधारमा सफाइ मात्र दिएनन् बरु सो सफाइ दिएपछि उनका नातेदार भानिजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहकार बनाइएको छ । यसरी मुद्दामा सफाइ दिने र आफ्नो नातेदारालाई जागिर खुवाउने कामले न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको देखिन्छ । यस विषयम यथार्थ छानविन गरी सत्यतथ्य बाहिर ल्याइयोस् । निज गोपाल पराजुलीमाथि पद र ओहदाको दुरुपयोग गरेकोमा कारवाही गरियोस् । 

४. निज गोपाल पराजुलीले एसएलसी पास गरेका छन् कि छैनन् भन्नेबारेमा विवाद छ । सो सम्बन्धमा विगतमा प्रधानन्यायाधीस   सुशीला कार्कीबाट भएको आदेश र मिसिललाई पनि हेरी संलग्न गरी पाउँ । निज पराजुलीको शैक्षिक प्रमाणपत्र जाँच गरी पाउँ । न्यायाधीश हुनको लागि शैक्षिक प्रमाणपत्र नभएको व्यक्ति प्रधानन्यायाधीश हुन सक्छन् ?
के यो राज्य र अदालतजस्तो संस्थालाई गुमराहमा राख्ने अपराधिक कार्य होइन ? 

५. सार्वजनिक सञ्चार माध्यममा उनको शैक्षिकप्रमाणपत्र र योग्यताको विषयमा जुन प्रश्न उठेको छ त्यस सम्बन्धमा न्याय परिषद् र संवैधानिक परिषद्ले के छानविन गरे र के निर्णयमा पुगे भन्नेबारेमा सक्कल निर्णय कागजात हेरियोस् । सो झिकी बुझिपाउँ । 

६.जग्गा प्लटिड व्यवसायलाई नियमित र व्यवस्थित गर्न सरकारले लिएको नीति र निर्णयलाई उल्ट्याई भू माफियाको हित हुनेगरी जगदीश आचार्यको मुद्दामा एकतर्फी रुपमा निज गोपाल पराजुलीले जुन आदेश दिए त्यसबाट न्याय बेचिएको देखिँदैन र ? यस विषयमा छानविन गरी पाउँ । 

७. क्यासिनो चलाएवापत होटलले रोयल्टी तिर्न नपर्ने गरी जो फैसला निज गोपाल पुराजुलीले गरेका छन् त्यसबाट न्याय मरेको छ । राज्यले राजश्व गुमाएको छ । न्याय मार्ने व्यक्तिले कसरी न्यायिक स्वाधिनताको जर्गेना गर्न सक्दछ ?

८. निज गोपाल पराजुली प्रधानन्यायाधीश भएपछि भएका विभिन्न आदेश र फैसला मध्ये चुडामणि शर्माको मुद्दा, गोपाल खड्को मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारीलाई प्रश्रय पुग्नुका साथै ६० अर्ब बराबरको राजश्व एनसेलले तिर्न नपर्ने अवस्था सिर्जना भएको छ । के यस्ता क्रियाकलापले कानुका शासनलाई उपहास गरेको छैन् ? उक्त सम्पूर्ण मुद्दाहरुमा भएका आदेशबाट न्याय मरेको छ छैन भनेर न्यायिक निरुपण एवंम छानविन गरियोस् । 

९. आफ्ना भान्जेज्वाइँ नातेदार नहकुल सुवेदीलाई ६\७ महिनाको रजिष्टार, मुख्य रजिष्टार र उच्च अदालतको मुख्य न्यायाधीश बनाउने कार्यले न्यायिक स्वाधीनतामा कुठाराघात भएको छ । आफ्ना नातेदार मानिसलाई ६ \७ महिनामा तीनपटक प्रमोशन गर्ने जस्ता अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो गरिमामय सार्वजनिक ओहदामा बस्न मिल्दैन् । त्यसैले एक सचेत नागरिकको हैसियतले मैले उनको राजीनामा मागेको हो । निजले राजीनामा दिनुपर्दछ भन्ने मेरो विश्वास छ । अन्यथा न्यायपालिका स्वाधीन र स्वतन्त्र बन्न निजबाट बाधा र अवरोध भइरहन्छ । न्यायिक स्वाधिनतामा अवरोध सिर्जना गर्ने व्यक्ति प्रधानन्यायाधीश बन्नु हुँदैन् । 

१०. सुशीला कार्कीलाई महाभियोग लगाइएको राति १०: ३० बजे निज गोपाल पराजुलीले आफूलाई प्रधानन्यायधीशको रुपमा आफैलाई पदबहाली गरेका छन् । यो कुन कानुन र मर्यादाले मिल्छ ? यस किसिमको गैरकानुनी काम गर्ने व्यक्तिबाट न्यायपालिकाको गरिमा उच्च हुनै सक्तैन् । त्यसैले उनको राजीनामा अत्यन्त जायज छ । 

११. जताजता गोपाल पराजुली उतैउतै मेडिकल मुद्दा शीर्षकमा कान्तिपुर दैनिकले लेखेको समाचार उपर कान्तिपर दैनिकमाथि लगाइएको अपहेलना मुद्दामा कान्तिपुर दैनिकले सफाइ पाएको छ । त्यसको अर्थ हो कान्तिपुरको उक्त समाचार न्यायिक रुपमै पृष्टि भएको छ । निम्न लिखित मुद्दाहरुमा निज गोपाल पराजुलीले गरेका निर्णय र आदेशले सोही कुरा पृष्टि गर्दछ । यसरी न्यायिकरुपमै निजको चरित्र स्पष्ट भइसकेको अवस्थामा त्यस्तो प्रधानन्यायधीश जस्तो गरिमामय पदमा आसिन हुन सुहाउँदैन् ।  


 

Last modified on 2018-01-10 17:03:03

  1. Janak Raj Thapaliya

    View Other Stories by Author >>

1 Comments

  1. With all these points, I think he has to resign. We should not allow him to play any more foul games in the name of justice.....


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts