माग फारम भर्दै पठाउँदै गर्दा पनि आएन आइरन चक्की 



Download our app to get more features

सल्यान,२८ पुष । सल्यानका गर्भवति तथा सुत्केरी महिलाहरु आइरन चक्की खानबाट बञ्चित भएका छन् ।

जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा आइरन चक्कीको अभाव भएपछि गर्भवति र सुत्केरी महिलाहरु आइरन चक्की खानबाट बञ्चित भएका हुन ।

विगत दुईमहिना देखि गर्भवति र सुत्केरी महिलाले आइरन चक्की खान नपाएको बागचौर नगरपालिका वडा न ४ की एक स्वास्थ्य स्वयंमसेविकाले बताइन् ।
हरेक गर्भवती र सुत्केरी महिलालाई आइरनको कमी नहोस् भनेर सरकारले निशुल्क दिदै आइरहेको औषधी पनि सेवाग्राहीहरुले सुलभ ढंगले पाउन सकिरहेका छैनन । 

वागचौर नगरपालिका वडा न ४ मा रहेको स्वास्थ्य चौकी निमित्ति इन्र्चाज मिश्रा पुनले स्वास्थ्य चौकीमा औषधिको अभाव भएको स्वीकार गरे । उनले भने–यहाँ औषधि नभएको लामो समय भयो , गर्भवति र सुत्केरीका साथै अन्य बिरामीहरु आउनु हुन्छ औषधी छैन भनेर पठाउँछु । स्वास्थ्य चौकीमा आइरन चक्की, पिल्स लगायतका औषधीको अभाव भएको उनले बताए ।

हामी कहाँ औषधि छैन औषधी मागको लागि नगरपालिकार र जिल्ला स्वास्थ्य कार्यालयमा माग फारम भरेर पठायौ तर औषधी आएन उनले भने ।  

Last modified on 2018-01-12 08:13:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts