देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था

६८ हजार ४ सय ९० जना नर्स आवश्यक 



Download our app to get more features

काठमाडौं, ८ माघ । नेपालको संविधान, २०७२ ले सबै नेपाली नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।

सम्पूर्ण नेपाली नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ गराउने उद्देश्यले स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको प्रतिवद्धतालाई राष्ट्रिय स्वास्थ्य नीति, २०७१ ले अंङ्गिकार गरेको छ । 

स्वास्थ्य सेवा क्षेत्रमा स्वास्थ्य सेवा प्रदायकहरु मध्ये नर्सिङ्ग÷मिड्वाइफ्री जनशक्ति पहिलो पंक्तिको स्वास्थ्य सेवा प्रदायक हुनुको साथै स्वास्थ्य सेवा क्षेत्रको ठुलो हिस्सा ओगटेको स्वास्थ्य जनशक्ति भएता पनि नेपालमा नर्सिङ्ग÷मिड्वाइफ्री जनशक्तिको उत्पादन र उपयोगका सन्दर्भमा एउटा स्पष्ट राष्ट्रिय रणनीतिक निर्देशन र योजनाको अभावले गर्दा नर्सिङ्ग÷मिड्वाइफ्री सेवा र शिक्षा दुवै क्षेत्रको गुणस्तर खस्कदो, अन्योल, विकृति र समस्याहरूबाट गुज्रिरहेको परिस्थिती छ । 

यसबाट गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र प्रदान गर्ने प्रकृयामा प्रत्यक्ष प्रभाव पार्दै आइरहेको छ भने उत्पादित नर्सिङ्ग जनशक्तिहरुमा उदासीनता र बेरोजगारीपन बढ्दो छ ।  

१० हजार जनसंख्याका लागि २३ जना स्वास्थ्यकर्मी 
नेपालको जनसंख्या वृद्धिदर १.३५ का दरले भइरहेको छ । यसलाई आधार मान्नेहो भने सन् २०३० मा नेपालको जनसंख्या करिब ३ करोड ५५ लाख हुनेछ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हरेक १० हजार जनसंख्याका लागि चिकित्सक, नर्स र मिड्वाइफ समते गरेर २३ जना हुनुपर्छ । तर, नेपालमा प्रति १० हजार जनसंख्याका लागि ६.८ स्वास्थ्यकर्मीहरू रहेका छन् । स्वास्थ्य मन्त्रालय नर्सिङ सुधार समितिले हालसालै तयार पारेको प्रतिवेदनका अनुसार सन् २०३१ मा नेपालको जनसंख्या ३ करोड ५५ लाख ३८ हजार २ सय ५२ पुग्नेछ । जुन समय देशमा अन्तर्राष्ट्रिय मान्यता अुनसार थप ७० हजार नर्स÷मिड्वाइफहरु जरुरत पर्दछन । सन् २०२३ मै नर्सिङ जनशक्ति उत्पादन ८२ हजार २ सय ७४ पुग्ने देखिन्छ । 

उत्पादीत जनशक्ति नेपालमै खपत हुने
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था रहेका छन् । नेपालमा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता हाल नेपालमा रहेको छ । नेपाल नर्सिङ परिषदकी रजिस्ट्रार लक्ष्मी राईका अनुसार नेपालमा हाल बेरोजगार नर्स ५० हजार  रहेका छन् नियमको पालना गरे यो जनशक्ति स्वदेशमा खपत हुन्छ । सरकारले संघिय संरचना संगै वडा, विद्यालय र उद्योग क्षेत्रमा एक जना नर्स राख्ने नीति लिएको छ राईले भनीन, यदी सरकारले लिएको यो नीति लागू गरेको खण्डमा हाल ५० हजार नर्सले वेरोजगार भएर बस्नु पर्ने अवस्थाको अन्त्य हुनेछ । 

नेपालका स्वास्थ्य सस्थामा एक नर्सले नजरल वेडमा ५० जना सम्म बिरामी हेर्ने गरेका छन् । जानकारहरुका अनुसार आईसियुमा एक विरामी १ नर्स ईमजेन्सीमा १ विरामी २ नर्स हुनु पर्छ । अप्रेशन थ्रिएटरमा १ बिरामी ३ नर्स आवश्यक पर्छ । तिन समय गर्दा १ सय वेडको अस्पतालमा ७० देखि ८० जना नर्स चाहिन्छ । यसलाई आधार मान्दा हाल देशमा भएका स्वास्थ्य सस्थामा ६८ हजार ५ जना नर्स तत्काल आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्थाको संख्या 
केन्द्रीय अस्पताल                      – ८ 
स्वास्थ्य विज्ञान प्रतिष्ठान                –६
क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल अस्पताल      –१८
जिल्ला अस्पताल                       –८४
पिएचसी                             – १९८
स्वास्थ्य चौकी                         –३३००
बर्थिङ सेन्टर                           –२००
निजी स्वास्थ्य सस्था                    –४५००

जम्मा                          –८ हजार ३ सय १४ 

करिब ८ हजार नयाँ नर्सिङ्ग जनशक्ति उत्पादन 
नेपाल नर्सिङ्ग परिषद्का अनुसार नेपालमा हाल ७४ हजार ८ सय ४० जना नर्सिङ्ग जनशक्ति रहेको देखिन्छ । अ.न.मी. २८ हजार ५ सय ९१ र प्रविणता प्रमाणपत्र÷वि.एस्सी नर्सिङ्ग अध्ययन गरेको नर्सहरु ४६ हजार २ सय ४९ छन ।

त्यस मध्ये नेपाल सरकार, र निजी स्वास्थ्य सस्थामा गरी २५ हजार नर्सिङ्ग जनशक्ति नर्स÷अ.न.मी. मात्र स्वास्थ्य सेवामा कार्यरत रहेको देखिन्छ । नेपालमा हाल प्रति वर्ष सरदर ७ हजार ७ सय ४० नयाँ नर्सिङ्ग जनशक्ति उत्पादन गरिन्छ, जसमा अ.न.मी. २ हजार,  प्रमाण पत्र तह ४ हजार ७ सय ६० र  वि.एस्सी. ९ सय ८० हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०३१ सम्ममा नेपालमा १ लाख ६७ हजार ७ सय २८ नर्सिङ्ग तथा मिड्वाइफ्री जनशक्तिको उत्पादन हुने अनुमान गरिएको छ । 

यस्तो छ २०३० सम्म आवश्क पर्ने नर्सको संख्या 
साल     सामान्य अवस्था         चाहेको अवस्था 

२०११      ३२,८४८            ३२,९४८ 
२०१२     ३८,९३३            ३९,००० 
२०१३     ४५,४४१            ४५,४९६ 
२०१४     ५०,७१०            ५०,८०२ 
२०१५     ५३,३८९            ५५,०९३ 
२०१६      ५६,१००            ५९,४५७ 
२०१७     ५८,८६२            ६३,९२२ 
२०१८     ६१,६९५             ६८,४९० 
२०१९     ६४,५५९             ७३,१२५ 
२०२०     ६७,४७२             ७७,८६२ 
२०२१     ७०,४६०             ८२,७०२ 
२०२२     ७३,५००             ८७,६४७ 
२०२३     ७६,७१७             ९२,८३६ 
२०२४     ८०,७५०             १००,१४० 
२०२५     ८३,५०५             १०६,०५८ 
२०२६     ८६,२७६            ११२,०५४ 
२०२७     ८९,०८८             ११८,१५८ 
२०२८      ९२,१६३             १२४,६७१ 
२०२९      ९४,६९५             १३०,४९९ 
२०३०      ९७,५१७             १३६,७९४ 


 

Last modified on 2018-01-22 13:37:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts