नेपालको मेडिकल शिक्षाप्रति विद्यार्थीको आकर्षण घट्दो



Download our app to get more features

काठमाण्डौं,१० माघ । चिकित्सा क्षेत्रमा देखिएको अन्यौलताका कारण नेपालको मेडिकल शिक्षामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको आकर्षण घट्न थालेको छ ।

 विगत चार बर्ष यता मेडिकल क्षेत्रमा देखिएको बन्द, हड्ताल र आन्दोलन जस्ता कार्यले निरन्तरता पाएपछि विद्यार्थीहरुमा मेडिकल शिक्षा प्रतिको आकर्षण घट्न थालेको हो । डाक्टर गोविन्द केसी र नीजि मेडिकल कलेजहरु विचको झगडाका कारण मेडिकल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुको ध्यान अन्तै मोडिन थालेको डाक्टर भगवान कोइरालाले बताए । 
    
 विद्यार्थी भर्ना समयमा हुने गरेको भएपनि आन्दोलन, बन्द जस्ता विबिध कारणको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीहरुमा पर्ने गरेको छ । तीन महिना अगाडि बाट विद्यार्थीको पठन पाठन सुरु भैसक्नु पर्ने हो, तर मेडिकल कलेजहरुले अझैसम्म भर्ना लिन सकेको अवस्था छैन नेपाल मेडिकल काउन्सीलका रजिस्टार डाक्टर दिलिप शर्माले भने । सरकारले तोकेको ३५ लाख भन्दा बढी रकम मेडिकल कलेजहरुले मागेका कारण अहिले सम्म मेडिकल कलेजहरुमा सिट संख्या अनुसार विद्यार्थी भर्ना भएका छैनन् उनले थपे । 

डा. कोइरालाका अनुसार ‘मेडिकल कलेजहरुले विद्यार्थीबाट शुल्क धेरै लिएका कारण विद्यार्थीमा मेडिकल शिक्षा प्रतिको चाहानामा केहि कमि आएको हुनसक्छ । 

तर यस समयमा देखिएको समस्या भने, मेरिट लिस्टमा नाम निस्किएकाहरु भर्ना हुन नपाउनु नै एक प्रमुख कारण हो ।’ पहिल्यै कलेजहरुले कमजोर विद्यार्थी बुक गरीसकेका छन्, यस्तो अवस्थामा मेरिटलिस्टमा परेका विद्यार्थीहरु भर्ना हुन नपाउदाँ उनीहरुको अध्ययनमा अन्यौलता छाएको कोइरालाले बताए । उनले थपे, मेरिट लिष्टका विद्यार्थीले कलेजहरुले चाहेको जति पैसा तिर्दैनन्, कमजोर विद्यार्थीले जति पनि पैसा तिरेर पढ्ने भएका कारण विद्यार्थीमा समस्या उब्जीएको छ । 

मेडिकल शिक्षाको वैचारीक लगाईले विद्यार्थी आकर्षण घट्यो
रजिस्टार डा. शर्माले पछिल्लो चार वर्ष यता नेपालको मेडिकल शिक्षामा देखिएको वैचारीक लडाइका कारण विद्यार्थीमा मेडिकल शिक्षा प्रतिको आकर्षण घट्दै जान थालेको बताए । उनले विद्यार्थीमा भन्दा पनि सम्बन्धीत अबिभावकले नै आफ्ना छोरा छोरीलाई मेडिकल शिक्षा बाहेक अरुनै विषय रोज्न आग्रह गर्न थालेको पनि सुनाए । उनले थपे म आफै पनि मेरी छोरीलाई मेडिकल शिक्षा बाहेकको पढाइ रोज्न आग्रह गर्न थालेको छु । हामी जस्ता सामान्य परिवारका मानिसले ६० लाख खर्च गरेर एमबिबिएस पढाउन सक्ने अवस्था रहदैन । 

केसी र नीजि मेडिकल बिचको लगाईले विद्यार्थीको मनोबल गिरो
डा केसी र नीजि मेडिकल कलेज संचालकहरुको आन्तरीक द्धन्दका कारण सुरु भएको मेडिकल शिक्षाको आन्दोलनले समग्र विद्यार्थीको मनोबल गिराएको प्राध्यापक डाक्टर कविरनाथ योगि बताउछन् । विगत चार बर्ष देखि चिकित्सा क्षेत्रमा देखिएको अराजकताले सिमा नाघेको भन्दै मेडिकल शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीहरुको सोचाइमा गलत सन्देश जान थालेको योगिले बताए ।  

चार बर्षमा दुई गुनाले बढ्यो शुल्क

चार बर्ष अघि ३० लाखमा एमबिबिएस पढ्दै आएका विद्यार्थीहरुले अहिले एमबिबिएस अध्ययन गर्न न्यूनतम पनि ५५ लाख तिर्नु परेको अवस्था छ । १५० सिटमा मेडिकल कलेजहरुले ३० देखि ३५ लाख सम्म शुल्क लिदै आएका थिए, डाक्टर योगीले भने“ विगत चार बर्ष देखि निरन्तर रुपमा डा केसिले गरेको आन्दोलन र कलेजको सिट कटौतिले झन विद्यार्थी समस्यामा परेका छन् । हिजो ३० लाख तिर्ने विद्यार्थीले आज सिट कटौतिकै कारण कम्तिमा ६० लाख तिर्नु परेको छ । 

यस्तो भारी शुल्क बृद्धि समग्र विद्यार्थीको हितमा छैन ।” मेडिकल शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीमा समेत नेपालको चिकित्सा शिक्षामा देखिएको बिवादले यस क्षेत्र प्रतिको महत्वकांक्षा घट्दै जान थालेको बताउछन् । 
  
किष्ट मेडिकल कलेज ग्वार्कोमा एमबिबिएस तेस्रो बर्ष अध्ययनरत प्रतिभा सुवेदी आन्दोलन, हड्ताल, बन्द जस्ता कार्यले आफ्नो पेसाप्रतिको महत्वकांक्षामा कमि आएको बताउछीन । 

उनले अन्योलताका विचबाट चिकित्सक बनेपछि चाहेको जस्तो जनताले सेवा नपाउने र चिकित्सकले सेवा दिन नसक्ने समेत स्पष्ट पारिन । उनले डा गोविन्द केसिको अनसनको पनि कुनै महत्व नभएको भन्दै, केसीको अनसनले मेडिकल कलेजहरुलाई थप चलखेल गर्ने वातावरणको सृजना भएको बताइन । केही बु्द्धा असाध्यै राम्रा छन् तर, मेडिकल कलेजहरु संगको लगाईले विद्यार्थीनै मारमा परेका छन् उनले भनिन ।  
 

Last modified on 2018-01-24 11:20:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts