सुत्केरी आमा र बच्चाको मृत्यु



Download our app to get more features

रुकुम, १९ माघ । रुकुम पश्चिममा सुत्केरी हुन अस्पताल आएकी आमा र बच्चाको मृत्यु भएको छ । 

चौरजहारी नगरपालिका–१२ की २८ वर्षीया सुशीला विष्ट र उहाँको बच्चाको चौरजहारी अस्पतालमा मृत्यु भएको हो । 

घरमा अत्यधिक रक्तस्राव भएपछि विष्टलाई आफन्तले बिहीबार अस्पताल पु¥याएका थिए । पाँचौँ पटक गर्भवती भएकी उनको बच्चाले गर्भमा नै दिशा गरेपछि बिहीबार राति मृत्यु भएको चौरजहारी अस्पतालका डा सुमन राईले जानकारी दिए । 

विष्टको शरीरमा रगतको अभाव रहेको र बान्ता गरिरहेका कारण उनको उपचारमा समस्या आएको डा राईले बताए । शल्यक्रियाको तयारी गरिरहेकै बेला विष्टको मृत्यु भएको डा राईको भनाइ छ । 

 

रासस

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts