मेडिकल शिक्षा अध्ययनका लागि ५ बर्षमा २२ अर्व विदेशियो



Download our app to get more features

काठमाडौं, २४ माघ ।मेडिकल शिक्षा अध्ययनका नाममा पछिल्लो पाँच वर्षमा करिब २२ अर्व रुपैयाँ विदेशिएको छ ।

नेपालको मेडिकल शिक्षाको गुणस्तरमा प्रश्न उठ्दा नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि बिदेश जाने विद्यार्थी संख्या बढेसंगै गत पाँच बर्षमा २१ अर्व ७३ करोड  रकम विदेशिएको हो । 

चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्रीलाई बुझाएको सुझावमा नेपालको मेडिकल शिक्षा राम्रो हुदा हुदै पनि छोटो समयमा ठुलो धनरासी बाहिरीएको स्पष्ट पारेको छ । नेपाल मेडिकल काउन्सिल तथा शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०१३ देखि सन् २०१७ सम्म ५ वर्षमा एमबीबीएस तथा विडिएस अध्ययनका लागि ४ हजार ३ सय ४६ विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । 

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलिप शर्माका अनुसार नेपालको मेडिकल शिक्षाको गुणस्तर विदेशको अनुपातमा धेरै राम्रो छ । विदेशका कलेजको तुलनामा नेपालको पास रेट पनि राम्रो छ शर्माले भने, ‘स्वदेशि मेडिकल कलेजलाई प्रोत्साहन गरेको खण्डमा अझ विद्यार्थी राम्रा उत्पादन हुने छन् ।’ 

पाँच बर्षको तथ्याङ्क 
नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१३ मा ५ सय ६५, सन् २०१४ मा १ हजार ३ सय ९, सन् २०१५ मा १ हजार ४ सय ६१, सन् २०१६ मा ४ सय ७८ र सन् २०१७ मा ४ सय ६३ गरी जम्मा ४ हजार ३ सय ४६ जना विद्यार्थी विदेशमा अध्ययन गर्न गएका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार प्रतिव्यक्ति करिव ५० लाखका दरले रु. २१ अर्व ७३ करोड पूँजी मेडिकल शिक्षा अध्ययनका लागि विदेशिएको छ । यसले देशको मेडिकल क्षेत्रमा ठुलो धक्का लाग्ने छ ।  

लाईसेन्स परिक्षामा नेपालका ७५ बिदेशी २५ प्रतिशत पास
नेपाल मेडिकल काउन्सिलबाट लिइने लाइसेन्स परीक्षा पनि गुणस्तर मापनको एक माध्यम भएको विज्ञहरुले बताएका छन् । मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षाको नतिजा विश्लेषण गर्दा हरेक वर्ष नेपालका मेडिकल कलेजबाट उत्पादित जनशक्ति करिव ७५ प्रतिशत र विदेशी मेडिकल कलेजबाट उत्पादित जनशक्ति २५ प्रतिशत मात्र उत्तीर्ण हुनुले नेपालका मेडिकल कलेजको गुणस्तर खस्किएको पुष्टि नहुने आयोगले सिफारीसमा भनेको छ । आयोगले अहिलेको अवस्थालाई सुधार गर्न भने आवश्यक रहेको बताएको छ । 
 

Last modified on 2018-02-07 14:06:28

1 Comments

  1. Noor Mohammad Ansarion Tue, Apr 10 2018 09:48 AM

    Nepal ma nai padhda aaj teti rakam le nepal ko medical ma kati help huntheo Bidesh janu bhanda ramro nepal mai padhnu bes ko


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts